पोखरा चौतारीको सहयोग

आदर्श समाज सम्वाददाता
असार २०, २०७८
help hari newss

पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीले कृष्ति नाच्नेचौरस्थित भविष्य निर्माण माविका विद्यार्थी भगवती खत्रीलाई ५० सहयोग गरेको छ । क्लबले कक्षा १० की भगवती खत्रीको उपचारार्थ सो सहयोग गरेको हो । खत्रीको मुखमा ट्युमर पलाएको छ । साथै क्लबले विद्यलायमा ५ थान अंग्रेजी माध्यमका पुस्तक र १० थान झोला हस्तान्तरणसमेत गरेको छ ।
लायन्स मोहनबाबु खड्काले कक्षा ३ का अतिविपन्न एवं जेहेनदार विद्यार्थी डिप्सन जिसीको अभिभावकत्व समेत ग्रहण गर्दै गरे । उनले प्लस टु सम्म पढाउने घोषणा गरे ।
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालले अंग्रेजी किताब उपलव्ध गराइएका १५ जना विपन्न विद्यार्थीलाई थप शैक्षिक सामग्री खरिदका लागि जनही १ हजार दरले १५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लायन्स किशोर बरालले पोखरा महानगरपालिकाको सहकार्यमा लेखनाथमा सञ्चालित कोभिड अस्पताल सञ्चालनका लागि लायन्स क्लबको सक्रियतामा १ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल भुजेलले क्लबको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि यस्तै अपेक्षा गरे ।
क्लब अध्यक्ष सरोजकुमार सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स प्रजापति बास्तोला, पुरुषोत्तम पराजुली, निवर्तमान अध्यक्ष गुरुप्रसाद पौडेल, विद्यालय प्रअ राजेन्द्र सापकोटा, रामचन्द्र अधिकारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width