ट्याक्सी व्यवसायीको ज्ञापन

आदर्श समाज सम्वाददाता
असार २०, २०७८
taxi

पोखरा । गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लि. विभिन्न माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष गान्धिराज गिरीको नेतृत्वमा गएको टोलीले विभिन्न मागसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापनपत्र बुझाएको हो ।
ट्याक्सी व्यवसायीहरुले बैंकको किस्तालाई कम्पनीमा ६ महिना सार्ने व्यवस्था गर्ने, बिमा रकमका सम्बन्धमा लकडाउन भएको दिनदेखि लकडाउन अन्त्यको १५ दिनपछि लागु हुने गरी बिमा रकम लिने व्यवस्था कायम गराउने लगायत माग गरिएको छ । साथै तत्काल सवारी मर्मत गर्नुपर्ने भएको हुँदा कम्पनीमा जुन बैंक तथा सहकारीबाट ऋण लिएको छ, कम्तीमा ६ महिनापछि किस्ता सुरु हुने गरी २ देखि ५ लाखसम्म थप ऋणको व्यवस्था गर्नुपर्ने, स्वरोजगार मजदुर र मजदुरलाई खाने व्यवस्थाको लागि आवश्यक राहत व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
दीर्घकालीन रुपमा यस प्रदेशमा सार्वजनिक सवारीसाधनलाई कसरी यकिन गर्ने, प्रदेशभित्र सञ्चालित सार्वजनिक सवारीसाधन कस्ता र कति सञ्चालन गर्ने, सडक अनुसारको भाडादर कस्तो कायम गर्ने, पर्यटनको उद्गमथलो भएको हुँदा पर्यटनलाई सवारीसाधनमा कसरी विश्वास दिलाउने विषयमा पनि ध्यानाकर्षण गराइएको सदस्यसचिव अर्जुन पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width