मुख्यमन्त्री पाेखरेलले गरे आँधीखोलाको सेतीदोभानमा अस्पताल शिलान्यास

आदर्श समाज सम्वाददाता
असार १९, २०७८
CM @aadhikhila hospital (4)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसैअनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नागरिक स्वस्थ भएमात्र समृद्धिको परिकल्पना गर्न सकिने भएकाले स्वास्थ्यलाई नै प्राथमिकतामा राखिएको बताए ।

प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न खोप खरिद गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भने, ‘संघ सरकारले उपलब्ध गराए त्यसैको व्यवस्थापन हामीले गर्छौ, नभए प्रदेशकै च्यानल प्रयोग गरेर नागरिकलाई खोप उपलब्ध गराएरै छाड्छौं ।’

कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन, प्रदेश सरकार अन्तर्गतका सबै स्वास्थ्य संस्थाको क्षमता विकास, पूर्वाधार निर्माण र सेवाप्रवाह सुधारमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

संक्रामक तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन निर्माण गरी सेवा सुविधा बिस्तार गरिने मुख्यमन्त्री पोखरेलले बताए । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने निर्णयलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने काम सुरु भएको उनले बताए ।
दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ कार्यक्रमलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता उनले जनाए ।

नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता सरकारले उचित बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।

नेपाल सरकारसँगको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शड्ढया र धौलागिरी अस्पताललाई २ सय शड्ढयाको जनरल अस्पतालमा स्तरोन्नति गर्ने सरकारको योजना छ । प्रदेश सरकारको स्रोतबाट सबै जिल्ला अस्पतालमा २ देखि ५ शड्ढयाको सघन उपचार कक्ष निर्माण कार्य सम्पन्न गराउन सरकारले बजेट छुट्याएको छ ।

५० शड्ढया भएका अस्पतालमा आँखा उपचार सेवा, मिर्गाैला पीडित बिरामीका लागि डायलाइसिस सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी गराए ।

यसैगरी मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिने पनि उनले बताए ।

मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय तहसँगको समन्वय र सहकार्यमा गोरखा जिल्लाको आँपपीपल अस्पताललाई ५० शड्ढयाको बनाउन प्रक्रिया अगाडि बढाउने हाम्रो नीति छ ।’
प्रदेश मातहतको गण्डकी विश्वविद्यालयमा ३ सय ५० शड्ढयाको जनरल, ५० शड्ढयाको मुटु रोग, ५० शड्ढयाको अर्बुद रोग, ५० शड्ढयाको मिर्गौला रोगसहित ५ सय शड्ढयाको शिक्षण अस्पताल स्थापनाको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए ।

अपांगता भएका व्यक्ति, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न वर्गको उपचार सुविधालाई निरन्तरता दिने, क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीजस्ता रोगबाट पीडित अति गरिब बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । मुख्यमन्त्रीले भने, ‘यस्ता रोगबाट पीडित बिरामीलाई दोहोरो नपर्ने गरी औषधी उपचारको लागि मासिक ४ हजार रुपैयाँका दरले सुविधा उपलब्ध गराउनेछ ।’

प्रदेश मातहतका अस्पतालबाट ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार सुविधा दिइने जानकारी गराउँदै उनले प्रदेशका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ‘स्वास्थ्य बिमाः सरकारको जिम्मा’ कार्यक्रम सञ्चालन गर्ने पनि बताए ।

स्वास्थ्य स्वयंसेविकालाई प्रदेश मातहतका जिल्ला स्वास्थ्य कार्यालयमार्फत् वार्षिक ६ हजार प्रोत्साहन भत्ता दिने, आयुर्वेद तथा प्राकृतिक चिकित्सालगायतका वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन गरिने मुख्यमन्त्री पोखरेलले बताए ।

आँधीखोलाको सेतीदोभानमा २०६७ सालमा महायज्ञ गरेर जग्गा खरिद गरी आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह (गार्डेन) को अग्रसरतमा सामुदायिक अस्पताल स्थापना भएको हो । २ वर्षअघि गाउँपालिकामा अस्पताल हस्तान्तरण भएसँग सेवा ठप्प रहेको गार्डेनका संस्थापक जयराम पौडेलले बताए । नागरिकको उपचारका लागि धेरै दुख गरेर खोलेको अस्पताल सञ्चालनको जिम्मा प्रदेश सरकारले लिन पनि उनले आग्रह गरे ।

गार्डेनका अध्यक्ष टीकाराम ढकालले धेरै दुख गरेको सञ्चालनमा ल्याएको अस्पताल अहिले अलपत्र हुँदा साह्रै नराम्रो लागेको बताए । पोहोर कोभिडको महामारीका बेला अस्पताललाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको थियो ।

अहिले भूकम्प पुनर्निमाण प्राधिकरणको लगानीमा ३ अलग भवन बनाउन लागिएको हो । करिब ५ करोड लागतमा ३ वटा भवन बनिसकेपछि उत्कृष्ट सेवा प्रदान गर्न सकिने विश्वास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पौडेलले बताए । गार्डेनका सचिव नवीन ढकालले अस्पतालमा दरबन्दी कायम गर्न र सेवा सुचारु गर्न सहजीकराण्का लागि प्रदेश सरकारसँग आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width