पोखरामा हब कोअपरेटिभको सेवा केन्द्र

आदर्श समाज सम्वाददाता
असार १९, २०७८
hob newss

पोखरा । नेपालमा डिजिटल प्रविधिमार्फत सहकारीहरुको आर्थिक कारोबार गर्ने गराउने उद्देश्यले काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले कास्की सेवा केन्द्र शुभारम्भ गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार केन्द्र उद्घाटन गरे ।
हब कोअपरेटिभको यो पहिलो शाखा हो । केन्द्र उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले वित्तीय कारोबारलाई पूर्ण रुपमा प्रविधीकरण गरी सहज र सुरक्षित सेवा प्रदान गर्न ढिलो गर्न नहुने बताए । उनले हब कोअपरेटिभले विकास एवं प्रवद्र्र्धन गरेको प्रविधिमा जोडिएर आफ्ना आर्थिक कारोबारलाई पारदर्शी, सर्वसुलभ एवं सुरक्षित बनाउन सहकारीलाई आग्रह गरे ।
हब कोअपरेटिभले सहकारीहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछ्र्यौट सेवा, क्लियरिङ, मोबाइल बैंकिंग, बैंक एवं सहकारीबीच रकमान्तरण र बिलहरु भुक्तानीका सेवाहरु उपलब्ध गराइरहेको छ ।
संस्थाले नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा रकम पठाउन वा प्राप्त गर्न सक्ने संस्थागत व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए । ‘यस संस्थाले नेपाल भर ७ वटै प्रदेशका १५ वटा जिल्लामा आफ्नो सेवा बिस्तारका लागि नेपाल सरकारबाट अनुमति लिइसकेको र संस्थाले आगामी ३ वर्षभित्र सहकारीमार्फत् २० लाख व्यक्तिमा विद्युतीय कारोबार सेवाको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ,’ पौडेलले भने ।
सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्था आबद्ध भई ५ करोड निक्षेप संकलन भएको पौडेलले जानकारी दिए । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोइराला, नेफ्सकुन सञ्चालक कमला गिरी, संविधान सभा सदस्य प्रकाश पौडेललगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।
संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ल सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष रविरमण तिवारीले धन्यावाद ज्ञापन गरे । कार्यक्रम सचिव राजेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width