पुतलीबजारका १४ कर्मचारीको बढुवा, २९ को ग्रेडवृद्धि

आदर्श समाज सम्वाददाता
असार १९, २०७८
putalibazar1

स्याङ्जा । पुतलीबजार नगरपालिकाका स्थानीय तहका ४३ जना कर्मचारीमध्ये १४ जनाको बढुवा भएको छ । २९ कर्मचारीको ग्रेडवृद्धि भएको छ । पालिकाको सम्पन्न नवौं सभाले पारित गरेको कर्मचारी व्यवस्थापन ऐन २०७८ मा भएको व्यवस्था अनुसार कर्मचारीको बढुवा र ग्रेडवृद्धि गरेको हो ।
बढुवा हुनेहरुमा आठौं तह र सातौं तहमा १/१ जना, छैटौं तहमा ३ जना र पाँचौं तहमा ९ जना छन् । बढुवा हुने कर्मचारीहरुमध्ये आठौं तहमा ताराचन्द्र ढकाल, सातौं तहमा कपिल गिरी, छैटौं तहमा अरुण पौडेल, मनि राना र पोमनारायण पराजुली छन् ।
राजेश पुरी, नरबहादुर पराजुली, दिपक जंग केसी, चन्द्रबहादुर कार्की, हरीलाल ढकाल, हिमकान्त रेग्मी, कुलप्रसाद मरासीनी, राजु रेग्मी र यमबहादुर मल्ल पाँचौं तहमा बढुवा भएका हुन् । पाँचौं तहमा बढुवा हुनेहरु पुरी र पराजुली बाहेक अरु वडा कार्यालयका कर्मचारी हुन् ।
पालिकाले ७ वर्षदेखि अधिकतम १५ वर्षसम्म सेवा अवधि पुगेका कर्मचारीहरुको बढुवा गरेको छ । त्यसैगरी लामो समयसम्म कार्यरत भै बढुवा हुन नसकेका कर्मचारीहरुको पनि ग्रेडवृद्धि गरेको हो । बढुवा र ग्रेडवृद्धि भएका कर्मचारीले खुसी व्यक्त गरे ।
बढुवा हुने कर्मचारीलाई बधाई दिंदै पुतलीबजार नगरपालिकाका प्रमुख सीमाकुमारी क्षेत्रीले कर्मचारी र जनताको सम्बन्ध नङ र मासुको सम्बन्ध हुनुपर्ने बताइन् । नगरप्रमुख क्षेत्रीले कर्मचारीहरुलाई भन्दा सेवाग्राहीहरुलाई सन्तुष्ट राख्न अनुरोध गरिन् । उनले जनप्रतिनिधि र कर्मचारीको भन्दा पालिकाको चर्चा हुने गरी सेवाग्राहीको काम गर्न कर्मचारीलाई आग्रह गरिन् ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, योजना अनुगमन तथा प्रशासन शाखा प्रमुख ताराचन्द्र ढकाललगायतले बोलेका थिए । नगरप्रमुख क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बाबुराम बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width