खेलपर्यटनलाई संस्थागत जरुरी : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
असार १९, २०७८
cm

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराको पर्यटनसँग खेलकुद जोडिएको उल्लेख गर्दै यसलाई संस्थागत गर्दै लैजानु जरुरी रहेको बताए । प्रदेश सरकारले युवालाई आकर्षित गर्न खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । उनले भने, ‘प्रदेश सरकारले पोखरा ३३, भरतपोखरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन लागेको छ । जसका लागि डिपिआर पनि तयार भइसकेको छ । नेपालकै लागि गौरव हुने गरी माछापुच्छ«ेको भिँडाबारीमा अखिल नेपाल फुटबल संघले एन्फा टे«ेनिङ सेन्टर बनाउन थालेको छ । जसमा प्रदेश सरकारले समेत पूर्वाधारमा लगानी गरेको छ ।’
क्रिकेट, फुटबल, भलिबल, टेनिस, स्क्वास लगायत खेलमा पोखराको उपस्थिति अब्बल रहेको उल्लेख गर्दै उनले पोखरामा हालै १३ औं साग सम्पन्न भएको आगामी नवौं राष्ट्रिय खेलकुदको तयारी भएको बताए । खेलकुदको विकासका लागि गण्डकी सरकारमा युवा तथा खेलकुद मन्त्रालय नै स्थापना भएको उनले बताए । जसको मातहत प्रदेश खेलकुद परिषद गठन भएर गतिविधि समेत गर्दै आएको छ । साथै जिल्लाहरुमा समेत जिल्ला खेलकुद विकास समिति गठन भइसकेको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेश खेलकुद परिषदको कार्यालय भवन निर्माण सुरु भइसकेको, सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय तह स्तरका र मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता जनाइएको पनि जानकारी दिए ।
प्रशिक्षक तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भन्दै उनले राष्ट्रिय विकास स्वयंसेवक सेवा कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक परिवर्तनका लागि युवा परिचालन गरिने बताए ।
एक पालिका एक खेलमैदान कार्यक्रमलाई निरन्तरता दिइने, खेलकुद विकासको लागि गैंडाकोटमा विपी खेलग्राम स्थापना गरिने, सामुदायिक पार्क तथा एकीकृत आधारभूत खेलमैदान निर्माण गर्न स्थानीय तहलाई प्रोत्साहन गरिने, प्रदेश युवा परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गरिने उनको भनाइ छ ।
सरकारले समग्र खेलकुदको विकासका निम्ति खेलकुद क्षेत्रको नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको धारणा राख्दै उनले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासमा खेल पत्रकारको संस्था नेपाल खेलकुद पत्रकार मञ्चको अवार्ड कार्यक्रमले टेवा पु¥याएको भन्दै सो कार्यको प्रशंसा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै