कालीगण्डकी डाईभर्सन रोक्न ज्ञापन

आदर्श समाज सम्वाददाता
असार १९, २०७८
Magar Sangh Photo

पोखरा । राष्ट्रिय मगर विद्यार्थी संघले कालीगण्डकी डाईभर्सनको विरोध गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।
डाईभर्सन कुनै हालतमा हुन नदिने भन्दै मगर विद्यार्थी संघ गण्डकी प्रदेशका संयोजक सञ्जय आलेको टोलीले मुख्यमन्त्री पोखरेललाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलद्वारा दादागिरी शैलीमा कालिगण्डकी–तिनाउ डाईभर्सन परियोजनाको कार्यालय स्थापना गरिएको संयोजक आलेले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सन्धि र संविधानको मर्मविपरीत प्रदेश र स्थानीय तहसँग समन्वय नै नगरी, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको कालीगण्डकीलाई राजनीतिक स्वार्थका लागि जथाभावी प्रयोग गर्न लागिएको मगर विद्यार्थी संघको आरोप छ । डाईभर्सन भएमा सांस्कृतिक, जैविक र ठूलो मात्रामा मानव जीवन र यस क्षेत्रको सभ्यता नै खल्बलिने संघको जिकिर छ । केन्द्र सरकारको यस्तो किसिमको हर्कत रोक्न संघले सरकारसँग माग गरेको छ । डाईभर्सन रोक्न गण्डकी प्रदेश सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको संयोजक आलेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width