नागरिक लगानीकोषको लगानी १ खर्ब ७२ अर्ब

रासस
असार १८, २०७८
Nagarik Lagani Kosh

काठमाडौं । नागरिक लगानीकोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ ।

कोषको आज सम्पन्न २६ औँ वार्षिकोत्सव एवं साधारणसभाको अवसरमा उक्त विवरण सार्वजनिक गरिएको हो । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट प्रस्तावित नौ प्रतिशत लाभांश शेयर र आठ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी साधारणसभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । उक्त प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी विवरणसमेत पारित गरेको कोषले जनाएको छ ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा रु ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफामध्ये बाँडफाँटयोग्य रकम रु ५५ करोड ३६ लाख ७२ हजार रहेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै थप विस्तारितरूपमा अगाडि बढ्ने उल्लेख गर्नुभयो । कोषको कारोबार विस्तार गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु भइसकेको कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

मुलुकको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

कोषले एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्णरूपमा लागू गरेको छ भने सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदानप्रदान गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै नयाँ सफ्टवेयरको प्रयोगका लागि आवश्यक उपकरण खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले सेवा विस्तार गर्दै कोषलाई भरपर्दो संस्थाका रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    • अण्डाको मूल्य हालसम्मकै उच्च

      रासस श्रावण ११, २०७८
      चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…
    • होन्डा ग्राजियाको बिएसभीआई मोडल

      आदर्श समाज सम्वाददाता श्रावण ४, २०७८
      पोखरा  । पोखराका लागि होन्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स प्रालिले सोमबारदेखि होन्डा ग्राजियाको बिएसभीआई मोडल लन्च गरेको छ…
    • ७४ प्रतिशत बजेट कार्यान्वयन

      श्रीभद्र पौडेल श्रावण ४, २०७८
      हेमजा । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा करिब ७४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेशमा गत आवमा ३४ अर्ब…
    • ‘काम गर्ने वातावरण बनाऊ’

      आदर्श समाज सम्वाददाता श्रावण १, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको घरेलु उद्योग तथा हस्तकला उपसमितिले घरेलु तथा हस्तकला उद्योगमा आवद्ध व्यवसायीलाई सहज रुपमा कर्जा पाउने…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads