पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, बाढीले पुल बगायो

सविन लामिछाने
असार १७, २०७८
Bridge

दमौली । गएर राती देखि परेको अविरल बर्षाले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडखकण्डमा पहिरोको कारण अवरुद्ध भएको छ ।
निरन्तरको वर्षासँगै गएको पहिरोले आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा बिहान साढे ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ४ ठाउँमा खसेको पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।


यसैगरी पृथ्वीराजमार्गअन्तर्गत नै बन्दीपुरस्थित डुम्रेको चिसापानी, नयाँ पुलमा पनि पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोको कारण सयौ यात्रु अलपत्रमा परेका छन् ।
त्यस्तै बाढीले छाब्दी खोलाको पुल बगाएको पछि व्यास १ र १३ को सम्पर्क टुटेको छ । छाब्दी खोलामा ठूलो बाढी आए पछि पुल भत्किएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width