बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने   

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
Congress Flag

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो ।

समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ । यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो ।

यसैबीच हेलम्बु–मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले र दुई लाख ५५ हजार सहयोग गरेका छन् । इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट सङ्कलित राहत रकम हस्तान्तरण गरिएको छ ।

हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका नौ जनालाई जनही रु १० हजार, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही रु सात हजार, पाँच घरपरिवारलाई जनही पाँच हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित इष्ट प्वाइण्ट एकेडेमीलाई रु १५ हजार गरी हेलम्बु गाउँपालिकामा रु दुई लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा रु ५५ हजार नगद हस्तान्तरण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेता तोकबहादुर तामाङ, क्षितिज तामाङलगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र विश्वराम गुरागाईँको रोहवरमा समाजसेवी आइमान तामाङले सङ्कलित रकम हस्तान्तरण गर्नुभएको हो ।    रासस

Related News

सम्बन्धित समाचार

    • पहिरोले बस्ती जोखिममा

      सविन लामिछाने असार २८, २०७८
      दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही…
    • मनाङका सरकारी कार्यालयमा आजबाट सोलार जडान सुरु

      आदर्श समाज सम्वाददाता असार २०, २०७८
      पोखरा । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । ४२…
    • रोटरी लेकसाइडले बनाइदियो घर

      आदर्श समाज सम्वाददाता असार १५, २०७८
      पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले आर्थिक स्थिति कमजोर रहेका एक परिवारलाई घर नै निर्माण गरेर हस्तान्तरण गरेको छ ।…
    • पाेखरामा जैन मुनिको स्वागत

      आदर्श समाज सम्वाददाता असार १५, २०७८
      पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभन्द्र मुनि महाराज र विराग मुनि महाराज सोमबार कास्की प्रवेश गरेका…
    • कालीगण्डकी डाइभर्सन : तत्काल आयोजना रद्ध गर्न गण्डकी प्रदेशवासीको माग

      आदर्श समाज सम्वाददाता असार १४, २०७८
      पोखरा । प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads