युआरएलमा सेवा छुट

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
url-gandaki

पोखरा । युआरएलको हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिइने युआरएलले जनाएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आउने र सो क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन पोखरा उपत्यकामै शाखा खोलिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । प्रधानकार्यालय न्युरोडबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको अध्यक्ष पन्तले बताए । उनले निःशुल्क शिविर, छुट लगायतमा हालसम्म ८० हजारभन्दा बढीलाई सित्तैमा सेवा दिइएको बताए ।
युआरएलले तनहुँको दमौली र दुलगौैंडा, लमजुङको वेंसिसहर र स्याङ्जाको वालिङबाट समेत सेवा प्रवाह गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width