स्याङ्जामा थपियो १० दिन निषेधाज्ञा

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
DAO office

सुनसान पुतलीबजार ।

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असार २५ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मंगलबार सूचना जारी गर्दै फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।
कोरोना संक्रमितको चेन बे्रक नभएको भन्दै जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्नेे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
जिल्लामा निषेधाज्ञाका समयमा औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नगर्न सुझाव दिइएको छ । अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु पसलहरु बिहान ५ देखि साँझ ६ बजेसम्म स्वास्थ्य मापदण्ड पूरा गरी खोल्न पाइने भएको छ । तर, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, नाचघर, क्लब, फुटसल, जिमखाना, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसललाई भने खोल्न रोक लगाइएको छ ।
यसैगरी निजी तथा सार्वजनिक सवारी साधनहरु जोर बिजोर गतेका आधारमा ५० प्रतिशत यात्रु बोकेर सञ्चालन गर्न सकिने भएको छ । मठ, मन्दिर तथा विभिन्न धार्मिक कार्य वा बिहेबारीमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन । सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ ।
संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर असार २५ गते रातिसम्म निषेधाज्ञा जारी भएको हो । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाइएको छ ।
स्याङ्जामा कोरोनाको जोखिम भने कायमै छ । जिल्लामा हालसम्म ४ हजार २ सय २३ जना संक्रमित भएका छन् । तीमध्ये हाल १ सय २९ सक्रिय संक्रमित रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । जिल्लामा मंगलबार साँझसम्मको रेकर्डमा ३ हजार ९ सय ७९ जना निको हुँदा १ सय १५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width