पोखरा । गण्डकी विश्वविद्यालयले सन् २०३० सम्मको लागि रणनीतिक कार्ययोजना तयार पारेको छ । विश्वविद्यालयको १० वर्षे कार्ययोजना डा. सूर्यबहादुर जिसीको संयोजकत्वमा तयार पारिएको हो । जिसीको संयोजकत्वमा डा उमेशसिंह यादव, डा डमरुप्रसाद पनेरु, इ. निर्मल बराल, डा विकास केसी र रेशमलाल पौडेल सदस्य थिए ।
सो कार्ययोजना डा. जिसीले पोखरामा मंगलबार आयोजित समारोहमा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई प्रतिवेदन हस्तान्तरण गरे । कार्ययोजनामा १० वटा रणनीतिक आवश्यकता औंल्याइएको डा. जिसीले बताए । प्राज्ञिक उत्कृष्टता, शिक्षामा परिवर्तनता, नवप्रवद्र्धन तथा आवश्यकता आधारमा प्राज्ञिक कार्यक्रम, उद्यमशीलता र अनुसन्धानलाई प्रवद्र्धन गर्ने संस्कृति, दिगो वित्तीय उपलब्धि, सामाजिक मूल्यका लागि समुदायको संलग्नता, विश्वविद्यालयको छुट्टै पहिचानको विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्य र संगठनको दिगोपनाको विकास लगायत आवश्यकता रणनीतिक कार्ययोजनामा जोड दिइएको छ ।
कार्ययोजनामा प्राज्ञिक उत्कृष्टता, शिक्षामा परिवर्तनता, नवप्रवद्र्धन तथा आवश्यकता आधारमा प्राज्ञिक कार्यक्रम लगायतमा जोड दिइएको छ
डा. जिसीले यस विश्वविद्यालयमा पढेका विद्यार्थी जिम्मेवार, सिर्जनशील र उद्यमशील नागरिक भएर निस्कनुपर्ने र उच्च शिक्षाका लागि विदेशकै मुख ताक्ने प्रवृत्ति रोक्नुपर्ने बताए । उनले विश्वविद्यालय भइसकेपछि अनुसन्धानमा केन्द्रित हुनुपर्ने र अनुसन्धान समाज र राष्ट्रको आवश्यकतामा आधारित हुनुपर्ने बताए । उनले भने, ‘सही योजनाका साथ अघि बढ्यौं भने स्रोतको अभाव हुँदैन, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट जुटाउन सकिन्छ । नयाँनयाँ अनुसन्धान गरेर पाटेन्टराइटको रोयल्टीबाट पनि स्रोत जुटाउन सकिन्छ, अन्ततिर त्यस्तो अभ्यास छ ।’ स्रोत जुटाउन सकिने आधार समेत रणनीतिक कार्ययोजनामा समेटिएको जानकारी उनले दिए । समाज र राष्ट्रको आवश्यकतासँग जोडिने गरी योजना बनाएको उनको भनाइ थियो । कार्ययोजना कार्यान्वनको पहिलो समीक्षा ४ वर्ष र त्यसपछि ३÷३ वर्ष गर्नुपर्ने उक्त समितिको सुझाव छ । त्यसपछि २०३० बाट अर्काे रणनीतिक कार्ययोजना बनाउन पनि सुझाइएको छ ।
गण्डकी सरकारले स्थापना गरेको यो विश्वविद्यालयको कुलपति अरु विश्वविद्यालयमा जस्तो सरकार प्रमुख रहने व्यवस्था छैन । न्यासिक परिषदले नै कुलपति, उपकुलपति लगायत पदाधिकारी छनोट गर्छ । प्रदेश मुख्यमन्त्री संरक्षक मात्रै हुन्छ । बोर्ड अफ ट्रस्टीबाट सञ्चालन हुने भएको हुँदा पनि यो विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त र साँच्चिकै स्वायत्त रहेको जिसीले बताए ।
विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले समितिले दिएको कार्ययोजनालाई प्राथमिक दस्तावेज मानेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले त्यसमाथि आन्तरिक छलफल गरी अझै उत्कृष्ट बनाउने पनि सुनाए । विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत डोलराज सुवेदीले विश्वविद्यालयले छिट्टै स्पोर्टस् मेनेजमेन्ट र सूचना प्रविधिमा स्नातक तहको पढाइ सुरु गर्न लागेको बताए । पोखरा ३२, लेखनाथको ज्ञानकुञ्ज विश्वविद्यालयको प्रशासनिक लगायत भवन निर्माण अघिल्लो सरकारले सुरु गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१