गण्डकीमा दोस्रो केबलकार

धनबहादुर गुरुङ
असार १६, २०७८
Cable Car Photo

पोखरा । गण्डकी प्रदेशको दोस्रो केबलकारको निर्माण अन्तिम चरणमा पुगेको छ । गोरखाको मनकामना केबलकारपछि पोखरामा नयाँ पर्यटकीय गन्तव्यरुपमा निर्माणाधीन केबलकारको निर्माण करिब ९७ प्रतिशत सकिएको अन्नपूर्ण केबलकारका निर्देशक तीर्थराज त्रिपाठीले बताए ।
केबलकारका लागि हाल १८ गोण्डोला (डिब्बा) सहित लठ्ठो (डोरी) समेत टाँगेर तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमणको अवस्था सामान्य भएसँगै परीक्षण गरेपछि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने उनको भनाइ छ ।
केबलकार परीक्षणको काममात्र बाँकी छ । केबलकार सञ्चालनमा आएपछि सेदी बगरदेखि सराङकोट डाँडासम्म करिब ९ मिनेटमै पुग्ने सकिनेछ । ‘कोरोना महामारीको बीचमा पनि काम रोकेनौं, लगभग काम सकियो,’ उनले भने,’ ‘अब परीक्षणको काममात्र बाँकी रहेको छ, त्यो काम जापानबाट प्राविधिक आएपछि हुन्छ ।’ केबलकारको तल्लो तथा माथिल्लो स्टेसन कंक्रिट संरचनामा निर्माण भएको छ भने दुवै स्टेसन भवनमा रेस्टुरेन्ट, पार्किङ, बगैंचा, टिकट काउन्टर, शौचालय लगायत भौतिक संरचनासमेत निर्माण भइसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र नेपाल बंगलादेश बैंकले उक्त परियोजनामा बैंकिङ पार्टरको रुपमा रहेको उनले बताए ।


परियोजना सञ्चालन आएपछि पोखरामा पर्यटनमा नयाँ आयाम थपिनुका साथै स्थानीय कृषि प्रवद्र्धनमा पनि टेवा पुग्ने उनले जानकारी दिए । ‘हामीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा बनाएका हौं,’ उनले भने, ‘सञ्चालनमा आएपछि पर्यटनमा टेवा त पुग्ने नै भयो, स्थानीय कृषिले पनि छिटो बजार पाउँछ ।’

गोरखाको मनकामना केबलकारपछि पोखरामा नयाँ पर्यटकीय गन्तव्यरुपमा निर्माणाधीन केबलकारको निर्माण करिब ९७ प्रतिशत सकिएको छ

फेवाताल र सराङकोट जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्ट रुपमा विकसित गर्न खोजेकोे त्रिपाठीले बताए । २.४ किमी लम्बाइको केबलकारमा एउटा गोण्डोलाबाट ८ जना आउजाउ गर्न सक्नेछन् । १८ वटा गोण्डोलामध्ये एक सामानमात्र राख्न प्रयोग हुन्छ । कम्पनीले बनाएको केबलकारको लठ्ठाले ३४ गोण्डोला धान्ने भए पनि परीक्षणका लागि अहिले १८ वटा मात्र राखिएको निर्देशक त्रिपाठीले जानकारी दिए । सञ्चालनपछि चाप बढ्दै गएमा क्षमताले धान्ने गरी गोण्डेला राखिने उनको भनाइ छ । केबलकारका सबै सामान जापानको निप्पोन केबलबाट ल्याइएको हो । केबलकार सञ्चालनमा आएपछि प्रतिव्यक्ति ६ सय रुपैयाँमा ओहोरदोहोर गर्न सक्नेछन् । ‘कम्पनीको समिति र महानगरको १ टोली बनाएर भाडाको विषय टुंग्याएका छौं,’ उनले भने, ‘एउटा एडल्टका लागि ६ सय निर्धारण गरिएको छ, बालबालिका, विद्यार्थी, अपांग, वृद्धवृद्धा र स्थानीयका लागि छुट्टै हुन्छ ।’
४ वर्षअघि सुरुमा ९० करोडको लगानीमा डेढ वर्षमा सक्ने गरी काम थालनी गरिए पनि विविध कारणले ४ वर्षभन्दा बढी लागेको हो । केबलकारको स्टेसन भवनको संरचना बनावटमा परिवर्तन हुनु, जग्गा विवाद र दक्ष प्राविधिक कर्मचारीको अभावलगायत समस्याले हाल करिब २ अर्ब लगानी पुगेको उनले जनाए । अन्नपूर्ण केबलकार कम्पनीमा युवा व्यवसायी कालु गुरुङसहित नेपाली व्यवसायीहरुको ८० प्रतिशत, पूर्व जापानी नागरिक स्वर्गीय टाकासी मियाहारा (सोगो काइआयु क.लि.) को १० प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । सराङकोटको माथिल्लो स्टेसन र सेदीको तल्लो स्टेसन, टावरसहित कुल ७५ रोपनी क्षेत्रफलमा आयोजना निर्माण भएको हो ।
नेपालमा सञ्चालित मनकामना र चन्द्रागिरी केवलकार जस्तै भएपनि यो केवलकारमा नयाँ प्रविधि प्रयोग गरिएको दाबी प्रालिको छ । नेपालमै सबैभन्दा पहिले मनकामना केवलकार सन् १९९८ देखि सञ्चालनमा आएको हो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width