मुख्यमन्त्री पोखरेल–इजरायली राजदूत भेट- सहकार्य विस्तारमा जोड

आदर्श समाज सम्वाददाता
असार १५, २०७८
cm meet with isreal ambassador (2)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता बृद्धि गर्न आफूहरु इजरायलसँग सहकार्य गर्न तयार रहेको बताए ।

अहिले गण्डकी सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने उनले बताए । यसको व्यवस्थापन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले गरिरहेको छ । आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दुराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो । उक्त कम्पनीका कृष्ण बजगाईंले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाउने गरिएको बताए ।

मुख्यमन्त्री पोखरेलले नेपाल र इजरायलबीच ६० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गरे । इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत समेत बिपी कोइरालाले पहल गरेको उनले बताए । २ देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको उनको भनाइ थियो । ।

राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । उनले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए । अहिले सातै प्रदेशबाट ५ सयको हाराहारीमा युवा किसानहरु तालिमका लागि इजरायलमा छन् ।
उक्त अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल इजरायल सम्बन्ध र सहकार्यका बारेमा भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width