रोटरी लेकसाइडले बनाइदियो घर

आदर्श समाज सम्वाददाता
असार १५, २०७८
house 2

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले आर्थिक स्थिति कमजोर रहेका एक परिवारलाई घर नै निर्माण गरेर हस्तान्तरण गरेको छ । पोखरा १६ गायकटोलमा पुतली गायकलाई रोटरी क्लबले घर निर्माण गरेर सोमबार हस्तान्तरण गरेको हो ।

क्लब अध्यक्ष अर्जुन खनालले पुतली गायकको अवस्था पत्तो पाएपछि सदस्यको आर्थिक संकलनमा आवास निर्माणको कामले सार्थकता पाएको बताए । क्लबले उक्त आवास निर्माणमा १ लाख ४५ हजार रुपैयाँ खर्चिएर आवासको छानो हालिएको अध्यक्ष खनालले जानकारी दिए । आवास निर्माणमा रोटरी क्लब, लायन्स क्लब लगायत अन्य सामाजिक संस्थाहरुले सघाएका हुन् ।

एकल महिला एवं बोल्न नसक्ने पुतली गायकको परिवारमा ३ छोरा र २ छोरी छन् । उनको अवस्थालाई देखेर सहयोग पु¥याएका सामाजिक संस्थालाई वडाध्यक्ष जीवन आचार्यले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा रोटरी क्लब सदस्य ऋषिराम सापकोटाले गायकका छोराछोरीलाई एलएन्जल्स माविमा १० कक्षासम्म निशुल्क पढाइदिने प्रतिबद्धता जनाए । क्लब कोषाध्यक्ष एवं आवास निर्माण संयोजक कृष्णबहादुर थापाले सहयोगको अपील आएको एकहप्तामै योजनाले मूर्तरुप लिएको बताए ।

कार्यक्रममा क्लबका वर्ष २०२१÷२२ अध्यक्ष हुम आले, प्रेसिडेन्ट नोमिनी डा. वीरबहादुर कार्की, सचिव टोपबहादुर थापा, सदस्य इ. राजेन्द्र लिगल, राजन कुमाल, उपेन्द्र अधिकारी, राममणि पौडेल, रोटट्रयाक्ट जोन फोरका जेडआरआर तथा सोही क्लबका सदस्य विश्वदर्शन पराजुली लगायत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width