पाेखरामा जैन मुनिको स्वागत

आदर्श समाज सम्वाददाता
असार १५, २०७८
munibhadra news

पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभन्द्र मुनि महाराज र विराग मुनि महाराज सोमबार कास्की प्रवेश गरेका छन् ।

जैन मुनि भारतको गुहाटीदेखि जनवरी १ बाट झण्डै १५ सय किमी पैदलयात्रा गरी पोखरा आएका हुन् ।

सर्वोदय शान्ति पदयात्रा गर्दै आएका जैन मुनिलाई मानव मिलन संस्था लेखनाथ र पोखराले सोमबार बिहान कोत्रेमा स्वागत गरेका छन् ।

जैन मुनिहरु बुधबार पोखरा ७ एयरपोर्टस्थित जैन स्थानक भवनमा प्रवेश गर्ने मानव मिलन संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यस वर्षको वर्षाबास पोखरामै हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width