३०८ परिवारलाई बालहितकारीको राहत

आदर्श समाज सम्वाददाता
असार १४, २०७८
bal hitkari

पोखरा  । बालहितकारी परियोजना नेपालले किडासाको आर्थिक सहयोगमा पोखरा १० का ३ सय ८ विपन्न बालबालिकाका तथा तिनका परिवारलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण अति प्रभावित बालबालिका तथा तिनका परिवारलाई स्थानीय बाल क्लबको माग तथा सिफारिसमा राहत वितरण गरिएको हो ।
उनीहरुलाई ऊर्जा जिरा मसिनो चामल ७ हजार ७ सय केजी, रातो दाल ९ सय २४ केजी वितरण गरियो । साथै प्रत्येक परिवारलाई चना, ठूलो भट्टमास, सेतो केराउ, मैदा, चिउरा, सोयाबिन मस्यौरा, कुन्दन सोयाबिन खानेतेल, आयो नुन १–१ किलो वितरण गरिएको हो । साथै खुर्सानी, मिक्स मसाला पाउडर, बेसार, साबुन वितरण गरिएको बालहितकारी परियोजना नेपालका फिल्ड संयोजक केशव पौडेलले बताए ।
बालहितकारी परियोजना नेपालले पोखरा वडा १,३,५,८,९,१३,१४,१५,१७ र ३० मा २ वर्षदेखि किशोरकिशोरी स्वास्थ्य तथा समृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width