पोखराका पुराना व्यवसायी हेमबहादुरको निधन

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
Hem Bahadur

पोखरा । पोखराका पुराना व्यवसायी हेमबहादुर प्रधानको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा काठमाडौं भैंसेपाटीस्थित आफ्नै निवासमा आइतबार बिहान निधन भएको हो । उनी दम रोगबाट पीडित थिए ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघमा पूर्व उपाध्यक्ष समेत रहेका प्रधानको पोखराको व्यावसायिक तथा सामाजिक क्षेत्रमा ठूलो योगदान छ । १९९४ भदौ १७ मा पर्वतको पाङमा जन्मिएका प्रधान सफल उद्योगी, समाजसेवी तथा आध्यात्मिक व्यक्तित्वको रुपमा चिनिन्छन् । उनका ५ छोरी र १ छोरा छन् ।
यसैबीच, पोखरा उद्योग वाणिज्य संघले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ । संघका तर्फबाट महासचिव सुरेन्द्रमान विजुक्छेले स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोककुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रधान पोखरा उद्योग वाणिज्य संघमा २०२३ सालमा कार्यसमिति सदस्य, २०२५ देखि ०२७ मा सचिव, २०२९ देखि ०३४ मा उपाध्यक्ष हुँदै २०३५ देखि ०४१ सालसम्म अध्यक्ष थिए । तत्कालीन पोखरा व्यापार संघलाई पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण गर्न तथा क्षेत्रीय उद्योग वाणिज्य संघको स्थापनामा उनको विशेष योगदान थियो ।
उद्योग वाणिज्य महासंघमा कार्यसमिति सदस्य तथा २०४४ सालमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका प्रधान २०१९ सालमा पर्वतबाट पोखरा आएर कपडा व्यवसाय सुरु गरेका थिए । २०३३ सालमा पोखरा औद्योगिक क्षेत्रमा शिवशंकर बिस्कुट उद्योग, विन्दुवासिनी चलचित्र मन्दिर प्रालिसमेत सञ्चालन गरेका थिए ।
नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष, २१ वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षसहित विभिन्न संघसंस्थामा आवद्ध प्रधानले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्ने गरी हेमदेवी धर्म संस्कृति तथा समाजसेवा कोष एवं विभिन्न संघसंस्थाको लागि पनि अक्षणकोष स्थापनामा सघाएका थिए ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा युवतीको शव फेला

      रासस श्रावण ११, २०७८
      पोखरा । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • एन्टिजेन परीक्षण तथा सचेतना

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र बेगनास ताल नगरीको संयुक्त आयोजना पिसिआर नमुना संकलन, एन्टिजेन परीक्षण तथा…
    • भूतपूर्व सैनिक एवं प्रहरीको जागरण अभियान

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघले विभिन्न जिल्ला स्तरीय जागरण अभियान कास्कीमा सञ्चालन गरिएको छ । वर्तमान…
    • अभियान क्लबमा गिरी अध्यक्ष

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा । पोखरा ५ मा रहेको अभियान युवा क्लबको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लबको १२…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads