गोली हानी मारियो चितुवा

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
tiger !

पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ का खड्कबहादुर गाहा आइतबार बिहान बंगुरको दाना लिएर खोरतर्फ जाँदै थिए । अन्दाजी साढे ७ बजेतिर खोरमा पुग्दा उनले बंगुरको खोरमा चितुवा देखे । उनले तत्काल प्रहरीलाई खबर गरे । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुग्यो ।
खड्कबहादुरको बंगुरको खोरमा ८ वटा बंगुर थिए, जसमध्ये ३ वटा त चितुवाले मारिसकेको रहेछ । प्रहरी, स्थानीय र वनका कर्मचारी बंगुर खोर भएको ठाउँमा पुगे ।
चितुवा अचानक खोरबाट भागेर ५० मिटर टाढा मानिस भएको ठाउँमा पुग्यो । चितुवाले गल्याङ ७ तोलातुङ का ३८ वर्षीय लालबहादुर विकलाई एक्कासि आक्रमण गरेपछि विकको जीवन रक्षार्थ प्रहरीले गोली चलाउनु पर्‍यो ।
सब डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा गोली हानिएको हो । गोली लागेर घाइते भएको चितुवा केही समयपछि मरेको थियो ।
मृत चितुवाको मुचुल्का कार्य सम्पन्न गरी वन कार्यालयका जिम्मा लगाइएको थियो । चितुवालाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ ३ नर्सरी वन कार्यालयको कम्पाउन्डमा खाडल खनी पुरिएको छ ।
घाइते लालबहादुरको गल्याङ नगर अस्पतालमा उपचारपश्चात घर पठाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width