गाई नब्याउँदै दूध दियो

हरि बास्ताेला
असार १३, २०७८
cow nabyaudai milk diyo

u08sL, !@ c;f/ . ufO{sf] afR5Ln] gJofpFb} b”w lbg yfn]kl5 b”w b’x’Fb} kf]v/f dxfgu/kflnsf j8f g+ @! k]mbLkf6gsf d’lSt kf}8]n . cfufdL sflQsdf Jofpg] ;f] ufO{n] 5 dlxgf cl3b]lv b}lgs rf/ ln6/ b”w lbg] u/]sf] 5 . t:jL/ M xl/ af:tf]nf, /f;;

गण्डकी । पोखरा महानगरपालिका २१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन् । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा ब्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आपैmँ झरेको देख्दा अचम्भित बने ।
साढे २ वर्षको मिनीजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका २÷ २ लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरू पुग्न थालेका छन् । उनले भने, ‘दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ ।’

गाई नब्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा. मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने बताउँछन् । उनले भने , ‘नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नब्याउँदै दूध दिन थालेको हो,’ उनले भने, ‘यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।’
नब्याउँदै गाईले दूध दिन थालेपछि दंग परेका साबिक निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्ष समेत रहेका पौडेल र उनकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ । गोठमा २ वटा ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेको कारण आफूले बाच्छीको खोजीमा रहेको बेवारिसे अवस्थाको गाईको बाच्छी १ व्यक्तिले ल्याइदिएका थिए, पौडेलले बाच्छी ल्याइदिने व्यक्तिलाई एक हजार रुपैयाँ पारिश्रमिकसमेत दिएको बताउँछन् ।

बेवारिसे बाच्छीले स्याहारसुसार पाएपछि ब्याउनुभन्दा ६ महिना अघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ

सुरुमा राम्रो आहारा एवं पानी समेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले बताइन् । दुब्लो, हिँड्डुल गर्नसमेत खासै नसक्ने कमजोर अवस्थाको बाच्छीले सुरुको दिनमा पानीसमेत नखाएकै कारण बाख्राको जुत्तोजस्तै गोब्राएको बताउँदै उनले आफूहरूले स्याहारसुसार गर्न थालेपछि दिन प्रतिदिन राम्रो हुँदै गएको अनुभव सुनाइन् ।

छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि बेवारिसे बनेको प्रत्यक्ष देख्ने स्थानीयवासी अहिले भने नब्याउँदै दूध दिन थालेपछि दंग परेका छन् । त्यसअघि सो बाच्छी करिब ४५ दिनसम्म पोखरा १७ स्थित बिरुवा फाँटमा खुला आकाशमुनि बस्न बाध्य थियो । पशुहरू आफू हेलित भए पनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीयवासी प. कृष्णप्रसाद पौडेले बताए ।
बाच्छाबाच्छी हुर्काउनभन्दा दूधलाई महत्व दिने हाम्रो समाजमा जीवन मरणको अन्तिम अवस्थामा पुगेको बेवारिसे बाच्छीले ब्याउनुभन्दा ६ महिना अघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ । ‘आफ्नो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेते बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइनँ, आज त दूध नै खाने अवसर मिल्यो,’ उनले थपे, ‘गाईको दूध अरुको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन् ।’
गाई र त्यसले दिएको दूध हेर्न पौडेलको घरमा पुगेका स्थानीय बासिन्दा रामचन्द्र पौडेल, भोलानाथ पौडेल, शिव पौडेललगायतले नब्याउँदै बाच्छीले दूध दिएको देख्दा अचम्मित भएको भन्दै यस्ता घटना सञ्चारमाध्यममा यदाकदा सुन्ने गरेको भए पनि आँखाले देख्ने अवसर पहिलोपटक मिलेको सामूहिक धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width