एसपी पौडेलको कार्यकाल

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
sp paudel

kqsf/ ;Dd]ng bdf}nL, !@ c;f/ . lhNnf k|x/L sfof{no tgx’Fn] zlgaf/ cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf Ps jif{sf] pknlAw ;fj{hlgs ub}{ k|x/L pkl/Ifs c?0f kf}8]n . t:jL/ M s[i0f Gof}kfg], /f;;

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले आफ्नो कार्यकालमा ३ सय ८१ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको बताएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएर जानुअघि शनिबार सञ्चारकर्मीसँगको अन्तक्रियामा उनले जिल्लामा १ वर्षे कार्यकालको उपलब्धि विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
उनका अनुसार आव २०७७/०७८ मा प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ३ सय ८१ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये १ सय ५ जना महिला र २ सय ७६ पुरुष छन् । उनीहरुबाट १ सय ७ वर्ष कैद असुल भएको छ । साथै फरार प्रतिवादीबाट ६६ लाख ३ हजार जरिवाना असुल भएको पौडेलले बताए ।
उक्त आवमा ३ सय ६० मुद्दा दर्ता भएकामा जघन्य अपराधतर्फ कत्र्तव्य ज्यानमा ११, जबरजस्ती करणीमा १७, लागुऔषधमा ३४, सवारी ज्यानमा ३१, आत्महत्या दुरुत्साहनमा ४ र हातहतियारमा २ मुद्दा दर्ता भएको छ । लागुऔषधतर्फ ५९ जना पक्राउ परेका छन् भने ३१ किलो ८ सय ६५ ग्राम गाँजा, ६ सय ६० एम्पुल डाइजेपाम, ६ सय ५४ एम्पुल फेनरागन, ६ सय ५० एम्पुल नुफ्रिन, १ सय ३५ नाइट्रोजन ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । अवैध काठतर्फ १२ जना पक्राउ परेका छन् भने ५ सय ८१ क्युफिट सालको काठ बरामद गरिएको छ । प्रहरीले सोही अवधिमा ३५ रोपनी क्षेत्रफमा अवैध रुपमा उम्रिएका ६ हजार ५ सय गाजाका बोट नष्ट गरेको जनाएको छ ।
यसैगरी, नदीजन्य पदार्थ उत्खनन्तर्फ २ सय ६६ सवारी नियन्त्रण गर्दा २२ लाख १० हजार ५ सय राजस्व संकलन भएको छ । यस्तै, जुवातासतर्फ ११ मुद्दा दर्ता हुँदा १ सय २० जना पक्राउ परे भने १४ लाख ३७ हजार रकम बरामद भएको छ । कोभिड महामारी नियन्त्रणका लागि सञ्चालित मास्क खै ? अभियानअन्तर्गत १३ हजार ९ सय ३५ जनालाई मास्क वितरण गरिएको छ । अक्सिजन सिलिन्डर संकलन अभियानअन्तर्गत १ सय २६ थान संकलन भएकामा ९३ थान अस्पतालमा वितरण गरिएको छ । कोभिड व्यवस्थापन अध्यादेश अनुसार कारबाही गर्दा ४ लाख ३६ हजार ६ सय रुपैयाँ संकलन भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width