तनहुँमा रोपाइँ चटारो

सविन लामिछाने
असार १३, २०७८
news ropai

दमौली । माया घर्तीलाई झरीले रोकेको छैन । उनी धान रोपाइँमा व्यस्त छिन् । शनिबार बिहानदेखि परेको झरीबीच रोपाइँमा उनलाई परिवारका सदस्यले साथ दिएका छन् । कोही धानको ब्याड गोड्दै छन्, कोही हिलो मिलाउँदै ।
पानी परिरहेकाले धानखेतीमा भने सहज छ । खोला र नदीमा पानीको सतह बढेको छ । नदीतटीय क्षेत्रमा बाढीको त्रास भए पनि घर्तीलाई मानो छरेर मुरी उब्जाउने चिन्ता छ । मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको हो । खोला किनारका फाँटमा धान रोपाइँ थालिएको छ । खोलाको पानी कुलोमार्फत लगेर धान रोपाइँ गरिएको हो ।
व्यास ५ साँगेफाँटमा ३–४ समूह बनाएर धान रोपाइँ सुरु गरिएको छ । यस वर्ष रोपाइँको लागि केही पनि समस्या नरहेको स्थानीय कृषक महेश न्यौपाने बताउँछन् । उनले भने, ‘पहिला रोपाइँको बेलामा मलको समस्या भएको थियो । अहिले जता पनि मल पाइएको छ । ढुवानीमा प्रशासनले सहज गराइदिएको छ ।’ मकैखेती नगरिएको र कुलो लाग्ने स्थानमा किसानले धान रोप्न थालेका हुन् । मकैखेती गरिएको स्थानमा भने असारको तेस्रो सातापछि मात्र धान रोपाइँ सुरु हुने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

तनहुँमा हाल ५१ हजार ५ सय १० हेक्टर जमिनमा खेती गरिएको छ

असार दोस्रो सातासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ भएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । मनसुन चाँडै भित्रिएकाले धान रोपाइँ पनि छिटो भएको उनले बताए । उनले भने, ‘रोपाइँ र धान काट्ने सँगै भइरहेको छ । यस वर्ष रोपाइँमा केहीको पनि समस्या देखिएको छैन ।’ उनका अनुसार सिँचाइ सुविधा नपुगेको ठाउँमा अझै पनि किसानलाई भलपानी पछ्याउनुपर्ने बाध्यता छ । मौसमले साथ दिए आउँदो वर्ष पनि धान उत्पादन बढ्ने कृषि प्राविधिकको अनुमान छ । तनहँुमा यस वर्ष अधिकांश किसानले सावित्री धान रोपेका छन् । तनहँुको कुुल क्षेत्रफलमध्ये १२ हजार २ सय ३० हेक्टरमा रोपाइँ हुने गर्दछ । तनहुँमा खेतीयोग्य जग्गामध्ये ३७ हजार ९ सय २७ हेक्टरभन्दा बढीमा सिँचाइ सुविधा पुग्न सकेको छैन । जिल्लामा करिब ६५ हजार ६१ हेक्टर जग्गामा खेतीयोग्य रहेको छ । खेतीयोग्य जमिनमा बाहै्रमहिना सिँचाइ हुने ६ हजार ३ सय ४७ हेक्टर मात्र जग्गा रहेको छ भने ७ हजार २ सय ३६ हेक्टर जमिनमा मौसमी सिँचाइ सुविधा पुगेको छ । तनहुँमा करिब १३ हजार ५ सय ८३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तनहुँमा हाल ५१ हजार ५ सय १० हेक्टर जमिनमा खेती गरिएको छ । कृषि ज्ञानकेन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकारी तिवारीका अनुसार ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिनमा ११ हजार ३ सय ३४ हेक्टर क्षेत्रफल जग्गा अझै बाँझो छ ।
तनहुँमा करिब २२ सय १७ हेक्टर जमिन प्लटिङ गरेर राखिएको छ भने करिब ७२ हजार ८० हेक्टर क्षेत्रफल वन जंगलले रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा छ । अन्य नदी खोला र चट्टानले १५ सय ७२ हेक्टर क्षेत्रफल जग्गा फैलिएको छ । केन्द्रले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको तिवारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width