अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
help

पोखरा  । गण्डकी प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालसहित गाउँपालिकाका अस्थायी कोरोना अस्पताललाई कोभिड र्‍यापिड रेस्पोन्स स्वास्थ्य तथा सुरक्षा उपकरण सहयोग गरिएको छ । गुड नेबर्स इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल एवं गैसस महासंघ कास्कीको समन्वयमा ती सामग्री प्रदान गरिएको हो ।
प्रदेश संक्रमण तथा सरुवा रोग अस्पताललाई ३ लाख २३ हजार, मादी गाउँपालिकालाई २ लाख १९ हजार, अन्नपूर्णलाई १ लाख ८३ हजार र माछापुच्छ्रे गाउँपालिकालाई १ लाख ८३ हजार गरी कुल ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य तथा सुरक्षा उपकरण सहयोग भएको हो । जसमा अक्सिजन फ्लो मिटर ५० थान , अक्सिजन मास्क १ सय १० थान, भेन्चुरी फेस मास्क ७० थान, रेजर्वभोयर ब्यग मास्क १ सय १० थान, पिपिई सेट २ सय थान, भिटिएम स्वाब कलेक्सन किट १ हजार १ सय थान, एन्टिजेन किट ८ सय थान, पल्स अक्सिमिटर ६० थान सामग्री प्रदान गरिएको जनाइएको छ ।
प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालमा गुड नेबर्स इन्टरनेश्नलका स्पोनसरसीप अफिसर भीम तामाङ, नौलो घुम्ती नेपालका अध्यक्ष योगराज पौडेल, गैसस महासंघ कास्कीका अध्यक्ष पदमराज पहारी र कास्की जिल्ला कोभिड र्‍यापिड रेस्पोन्स टिमका संयोजक डा. बुद्विबहादुर थापाद्वारा संयुक्त रुपमा प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनलाई हस्तान्तरण गरियो ।

Related News

सम्बन्धित समाचार

hero news full width