प्रदेशमा ३ सय ४९ जना कोरोनामुक्त

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा शनिबार ३ सय ४९ जनाले कोरोना जितेका छन् । शुक्रबार कोरोना जित्नको संख्याले पचास हजारको आँकडा पार गरेको थियो । प्रदेशमा कोरोना जित्ने संख्याको संख्या ५० हजार ६ सय ७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा प्रदेशमा थप ३ सय ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । कास्की जिल्लामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका १ सय १२ सहित म्याग्दीका ३३, पर्वतका १ र गोरखाका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी तनहुँमा ६२, बागलुङमा १७, स्याङ्जामा १४ जना र नवलपुरमा ६६ जना पनि संक्रमित भएका छन् । मनाङ र मुस्ताङमा संक्रमित छैनन् । प्रदेशका ९ जिल्लामा १ सय ७९ पुरुष तथा १ सय ७३ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार २ सय ७३ पुगेको छ ।
देशभर २४ घन्टामा ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लाबाट गरी ४ हजार ९ सय १४ जना कोरोना निको भएर घर फर्किएका हुन् । यो सँगै हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । कुल संक्रमितका आधारमा निको हुनेको दर ९१ दशमलव ९ प्रतिशत छ । देशभर १ हजार १ हजार १ सय ७४ संक्रमित थपिएका छन् । विभिन्न जिल्लामा गरिएको ४ हजार ७ सय ४ पिसिआर परीक्षणमा १ हजार १ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ८ सय ६ एन्टिजेन परीक्षणमा ८ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४२ हजार २४ छ भने क्वारेन्टाइनमा ३ सय ६१ जना छन् । हालसम्म पिसिआर परीक्षण ३३ लाख १७ हजार ३९ भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

गण्डकीमा थप ३ जनाको कोरोनाबाट मृत्यु
गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । शनिबार ज्यान जानेमा नवलपुरका ३ र बागलुङ १ जना छन् । कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ । नवलपुरमा गैंडाकोट नगरपालिका ५ का ६० वर्षीय कोरोना संक्रमित पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । नवलपुरकै हुप्सेकोट गाउँपालिका ५ का ८१ वर्षीय पुरूषको मध्यविन्दु अस्पताल, नवलपुरमा ज्यान गएको हो । बागलुङ नगरपालिका ४ की ७३ वर्षीय महिलाको धौलागिरी अस्पताल, बाग्लुङमा उपचारको क्रममा निधन भएको हो । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २३ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width