Worldlink ads

पहिराले तनहुँमा एक घर पूर्ण क्षति, एक घर जोखिममा

रासस
असार १२, २०७८

तनहुँ । गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण आज ऋषिङ्गगाउँपालिका–६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ ।

तरुण दलका वडा संयोजकसमेत रहनुभएका विष्णुबहादुर झेडीको घरमाथि आएको पहिराले पुरिँदा क्षति भएको हो । पहिराले खाद्यान्न, लत्ताकपडा, भाडाकँुडा पुरिए पनि कुनै मानवीय क्षति नभएको वडाध्यक्ष भक्तबहादुर आलेले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण वडा नं ७ को साङ्खोल्सीमा झरेको पहिरो सफा गरिएको छ । वडा नं ७ सतिकोटमा पहिरामा कारण भएको सडक अवरोध खुलाइएको छ । उक्त पहिराका कारण एक घर जोखिममा छ ।

त्यसैगरी वडा नं ६ गोठादीमा पहिरो झरेर अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । वडा नं ४ र ६ जोड्ने ढाक्रेखोला पुलमा पहिराले सामान्य क्षति पु¥याएको छ । उक्त पुलमा रहेको पहिरो हटाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । श्रीङ्गपथसँगै दुबुङ्ग सडक खण्डमा दर्जनौँ स्थानमा पहिराका कारण सडक अवरुद्ध भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ महाधिवेशन सुरु

      रामशरण नेपाली असाेज २, २०७८
      लेखनाथ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सुधार र निजी क्षेत्रतर्फबाट मुलुकको समृद्धिमा योगदान दिन राष्ट्रिय…
    • पहिराले २०० परिवार जोखिममा

      रासस भाद्र २५, २०७८
      डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि…
    • कमलपोखरी क्षेत्रका दर्जनौं घर डुबानमा

      सुनील सापकोटा भाद्र १७, २०७८
      पोखरा । निरन्तर वर्षाका कारण पोखरा १३ कमलपोरी क्षेत्रका दर्जनौं घर डुबानमा परेका छन् । कमलपोखरी आसपासका डुबानमा परेका घरबाट…
    • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

      रामकुमार श्रेष्ठ भाद्र ११, २०७८
      नवलपरासी । नलपुरकोको गैंडाकोट र दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातारको बर्षातका गैंडाकोट ९ तेइस स्मृति पुल, गैडाकोट…
    • पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

      रासस भाद्र ११, २०७८
      बलेवा । पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads