बागलुङ नगरपालिकाको प्राथमिकतामा कोरोना नियन्त्रण तथा रोकथाम

राजेशचन्द्र राजभण्डारी
असार १०, २०७८
baglung niti

बागलुङ ।  बागलुङ नगरपालिकाले कोरोना महामारी नियन्त्रण र बहुवर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ ।
आधारभूत स्वास्थ्यको जिम्मेवारी लागु गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसी नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलब्ध गराउने नीति अगाडि सारेको छ । जोखिमपूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शैयाको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक भएको छ ।
नगरस्तरका ९ सडक र वडातरीय सडकलाई स्तरोन्नति गरी पक्की सडक मर्मत गर्ने कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, चिप्लेटी बसपार्कलाई जीप पार्कमा परिणत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कला, साहित्य, सूचना प्रविधि, युवा खेलकुद र छाडा कुकुर नियन्त्रणसम्म कार्यक्रम समेटिएका छन् ।
खरको छानो विस्थापन र घरविहीनलाई घर निर्माण गर्ने कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका कार्यक्रमले छ । भगत सर्वजीत सीप रोजगार प्रवद्र्धन कार्यक्रम आउँदो आवमा प्राथमिकता साथ अघि बढाइने नीतिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width