विभिन्न अयोगमा २० पदाधिकारी नियुक्त, लोकसेवामा माधव रेग्मी

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
Lok_Sewa_Aayog

पोखरा । सरकारले विभिन्न आयोगमा २० पदाधिकारी नियुक्त गरेको छ ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

सरकराले लोक सेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान अयोगको आयुक्तमा बागलुङका हरि पौडेल नियुक्त गरेको छ ।

त्यसबाहेक राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका विविन्न पदमा नियुक्ती भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width