संक्रामक अस्पतालमा छिट्टै अक्सिजन प्लान्ट

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
hospital~

पोखरा । गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउन्डेसन बेल्जियमको समन्वयमा युरोपबाट अक्सिजन प्लान्ट स्थापना हुन लागेको हो । प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्विड अक्सिजन उत्पादन हुने बताइएको छ ।
गैर आवासीय नेपाली समाज बेल्जियमसमेतका विभिन्न संस्थाको सहयोगमा लगभग २ करोड बराबरको प्लान्ट जडान हुनेछ । कोरोना महामारीका बेला साबिकको लेखनाथ सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रमक तथा सरुवा रोग अस्पताल बनाएको थियो । हाल अस्पतालमा ७५ शड्ढया छन् । कोरोना कहरका बीचमा अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले प्लान्ट स्थापना समन्वय गरेको पुरी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत वेदराज पुरीले जानकारी दिए । अस्पतालका निर्देशक डाक्टर विकास गौचनले फाउन्डेसनको पहलमा अक्सिजन प्लान्ट स्थापनापछि कोही पनि बिरामी अक्सिजन अभावका कारण ज्यान गुमाउन नपर्ने बताउँछन् ।
फाउन्डेसनमार्फत अस्पतालमा प्लान्ट स्थापना गर्न पहल गरिरहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले प्लान्ट स्थापनापछि अक्सिजनकै खोजीमा पोखराका अस्पताल चहार्न नपर्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले अक्सिजन प्लान्ट बनेपछि त्यसक्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउने बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पनि एउटा सामान्य स्वास्थ्य सुविधाका लागि स्थापना गरिएको अस्पतालमा १ सय ५० शड्ढयालाई पुग्ने अक्सिजन प्लान्ट स्थापना हुनु गौरवको विषय भएको बताए । प्लान्ट जडान गरी अक्सिजन उत्पादनका लागि कम्तीमा १ साता लाग्ने फाउन्डेसनले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा मनाङ मर्स्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…
    • महानगरका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्री

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । नेपाल विकास समाजले पोखराका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्रीसहित खाद्यान्न सहयोग गरेको छ । पोखराको दमकल कार्यालयमा कार्यक्रम गरी ६५…
    • प्रेस संयोजक कोइरालालाई बधाई

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ ।…
    • ट्राफिक कार्यालयको सूचना सम्प्रेषण अभियान

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । जिल्ला ट्राफिक कार्यालय, कास्कीले सूचना सम्प्रेषण अभियान सुरुआत गरेको छ । कोरोना नियन्त्रण र सवारी दुर्घटना कम गर्न…
    • पर्यटन व्यवसायीले मागे खोप

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा  । पोखराका पर्यटन व्यवसायीले कोरोनाविरुद्ध खोप माग गरेका छन् । उनीहरुले कोरोनाका कारण थलिएको पर्यटन चलायमान बनाउन तत्कालका लागि ५…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads