पोखरामा ओलम्पिक डे मनाइयो

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
olympic day 3

पोखरा । आधुनिक खेल प्रारम्भ भएको दिनको स्मरण गर्दै बुधबार ओलम्पिक डे मनाइएको छ । विभिन्न खेल संघ संस्था, खेलाडी तथा प्रशिक्षकहरुको सहभागितामा दिवस मनाइएको हो ।
प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, स्पोर्टस फर अल कमिसन गण्डकी र नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको संयूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारी जारी रहेकै बेला विशेष सुरक्षाका साथ पोखरामा ओलम्पिक डे मनाइएको हो ।
पोखरा रंगशालाको हातामा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले परिषद र ओलम्पिक कमिटीबीचको सम्बन्ध बलियो भने मात्रै खेलकुद विकासले गति लिने बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सचिव गुरुङले ओलम्पिक डेको सन्दर्भमाथि प्रकाश पार्दै सबै खेल संघ–संस्थाबीच आपसी समझदारीको विकास भयो भने मात्रै खेलकुद गतिविधि अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, स्पोर्टस फर अल कमिसन गण्डकीका संयोजक खड्गबहादुर रानाभाट, भूतपूर्व खेलाडी मञ्च नेपालका कार्यवाहक अध्यक्ष हरिप्रसाद पराजुली, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दीपकबहादुर गोदार लगायतले ओलम्पिक डे को महत्वमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिडका १९ का कारण समस्यामा रहेका फरक क्षमताका ४ जना खेलाडीलाई राहत स्वरुप जनही ५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोग पाउनेमा भरत बानिया, लक्ष्मी सुनार, रमेश परियार र सिर्जना परियार छन् ।
ओलम्पिक डेका अवसरमा आयोजित उक्त कार्यक्रममा बक्सिङ, जुडो, मुआथाई र भारोत्तोलनका खेलाडीहरुले आ–आफ्नो खेल प्रदर्शन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • एन्फा र चरक मेमोरियलबीच सम्झौता

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमै…
    • केन्पो खुकुरी नेसनल च्याम्पिनसिप घोषणा

      आदर्श समाज सम्वाददाता श्रावण १६, २०७८
      पोखरा । पोखराबाट केन्पो खुकुरी नेसनल च्याम्पिनसिप घोषणा गरिएको छ । शनिबार पत्रकार सम्मलेन गरी प्रतियोगिता घोषणा गरिएको हो ।…
    • हङकङ नेपाली गाइजको सहयोग

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । १५ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवासबाट सहयोग प्राप्त भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा गत वैशाखमा सो…
    • सकिनै आँट्यो पोखरा रंगशाला

      धनबहादुर गुरुङ श्रावण १०, २०७८
      पोखरा । पोखरा रंगशाला निर्माण ९० प्रतिशत पूरा भएको छ । कोरोना महामारीबीच निर्माणले निरन्तरता पाउँदा निर्माण आखिरीमा पुगेको हो…
    • पोखरा रंगशाला प्रशिक्षणका लागि खुला

      आदर्श समाज सम्वाददाता श्रावण १, २०७८
      पोखरा  । पोखरा रंगशालामा शुक्रबारदेखि आंशिक रुपमा खेलकुदका गतिविधि हुने भएका छन् । कोरोना महामारीका कारण ३ महिनादेखि स्थगित खेल गतिविधि…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads