महानगरको प्राथमिकतामा स्वास्थ्य, पर्यटन र कृषि

धनबहादुर गुरुङ
असार १०, २०७८
mahanagar nita (5)

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि वार्षिक नीति तथा कार्यक्रम नवौं नगर सभामा प्रस्तुत गरेको छ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा रहेको छ । त्यसैगरि पुरानै विकास आयोजनालाई निरन्तरता दिने गरी पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ ।
पोखरा महानगरले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको नीति तथा प्रतिकार्यको पालना गर्दै नागरिकको जीवन रक्षाको लागि योजना निर्माण गर्ने भएको छ । विगतबाट सञ्चालित आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डलाई निरन्तरता दिने जनाएको छ । जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यहरुलाई निरन्तरता दिइने दिँदै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता उपलब्ध गराइने जनाएको छ । साविकको लेखनाथ नगरपालिका भवनमा हाल निर्मित कोभिड वार्डलाई क्रमशः शिशुवा अस्पतालको मुख्य संरचनाको रुपमा विकास गरिने भएको छ । ५० शड्ढयाको उक्त अस्पतालमा ५० शड्ढया थप गरी क्रमशः १ सय शड्ढयाको अस्पतालको रुपमा विकास गरी आत्मनिर्भर रुपमा सञ्चालित हुनेतर्फ अग्रसर गराइने भएको छ ।
कोरानाबाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको गरिएको स्थानलाई पार्कको रुपमा विकास गर्ने नीति कार्यान्वयन गरिने प्रमुख जिसीले जनाए । कोरोनाका कारण प्रभावित भएका व्यवसायीहरुलाई समय सीमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमलाई निरन्तरता दिने पनि जनाएको छ । कोरोनाको तेस्रो लहर समेत आउनसक्ने आँकलनका साथ आवश्यक रकम कोभिड नियन्त्रण सम्बन्धी कोषमा विनियोजन गर्ने भएको छ ।
महानगरले पूर्वाधार तर्फ विकटलाई निकट ल्याउने अठोटका साथ सुरु गरिएको कनेक्टिङ सडक कार्यक्रमलाई यसवर्ष निरन्तरता दिने भएको छ । चालु आर्थिक वर्षको लागि विनियोजित भएको र कोभिडको कारणले भएको निशेधाज्ञा समेतले प्रभाव पारी सम्पन्न हुन नसकेका आयोजनाहरु आगामी आर्थिक वर्षमा प्राथमिकताका दिई सम्पन्न गरिने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरिने प्रमुख जिसीले बताए ।
त्यस्तै अस्फाल्ट पिच गरेको सडक कुनै पनिप्रयोजनको लागि कम्तीमा २ वर्ष खन्न नपाउने नीति निर्धारण गरिने गदै पिच गर्नु पूर्व स्थानीयवासीहरुलाई आफ्नो आवश्यक कार्यहरु सम्पन्न गर्न प्रेरित गरिने भएको छ । उज्यालो पोखरा अभियान सञ्चालनको लागि नेपाल विद्युत प्राधिकरणसँग गरिएको सहकार्यलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा उक्त कार्य सम्पन्न गरिने भएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक बेगनास सडकको निर्माण कार्य आरम्भ गरिने भएको छ । वडा समितिको सिफारिस साथ प्राप्त सडक आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिने जिसीले बताए । आगामी आर्थिक वर्षमा जनताले विकासको प्रतिफल महसुस गर्न पाउने गरी, नयाँ योजनाको घोषणा नगर्ने, क्रमागत योजनाहरु सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति महानगरले लिएको छ ।
पर्यटनतर्फ पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिङ र बजारीकरण गरिने भएको छ । पोखरा महानगरको लक्ष्य पर्यटकको सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गराउनका साथै स्वदेशी तथ विदेशी पर्यटकको आगमनमा वृद्धि गर्न आवश्यक पहल गरिने गदै पोखरास्थित प्राकृतिक सम्पदा ताल, नदी नाला, गुफा, धार्मिकस्थल, कोटहरुको संरक्षण गर्दै पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना गर्नुका साथै निजी क्षेत्रको साझेदारीमा पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गरिने भएको छ ।

– जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यहरुलाई निरन्तरता
– अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता

कृषि तर्फ कृषि तथा पशुजन्य उत्पादनमा आधुनिक प्रविधि प्रयोगमा ल्याई व्यावसायिक कृषि तथा पशु पालनमा प्राथमिकता दिँदै उत्पादनमा वृद्धि गरी आत्म निर्भर बनाउँदै लगिने नीति लिइने भएको छ । ‘खेती योग्य गह्रा, बनाऔं हराभरा’ अभियानका रुपमा सञ्चालन गरिने भएको छ । जसका लागि अनुदानमा बिउ उपलब्ध, सिँचाइ सुविधा विस्तार, गुणस्तरीय कृषि उत्पादनको सामग्रीको सहज उपलब्धता गराउनका साथै कृषि स्रोत केन्द्र र कस्टम हायरिङ केन्द्र क्षमता विकास गरिने नीति लिइने प्रमुख जिसीले बताए । मत्स्य पोखरी निर्माणमा जोड दिँदै पोखरा १९ लाई ट्राउट माछा उत्पादन पकेट क्षेत्र घोषणा गरी ट्राउट माछा फर्म विस्तार तथा प्रवद्र्धन गरिने भएको छ । विश्व मञ्चमा महानगरको उपस्थिति बढाउन भगिनी सम्बन्ध स्थापना गर्ने तथा सम्बन्ध भएका सहरहरुसँगको सहकार्यलाई सघन बनाइने भएको छ ।
फेवाताल लगायत पोखराका अन्य ७ तालहरुको सिमांकन सम्पन्न भइसकेकोले उक्त तालहरुको मापदण्ड निर्धारण आगामी वर्षभित्र गरिने भएको छ । सबै ताल क्षेत्रलाई पर्यावरण, पर्यटन तथा स्थानीयवासीको जीवनयापनसँग सामाञ्जस्य गरी विकास तथा संरक्षणको गुरुयोजना तर्जुमा गरिने भएको छ । महानगरपालिकाको मुख्य बजार क्षेत्रमा दिनानुदिन बढेको ट्राफिक व्यवस्थापनको जटिलतालाई न्यूनीकरण गर्न सडकका चोकहरुको आधुनिक डिजाइन गरी यसलाई सरलीकरण गर्ने पूर्वाधारहरु निर्माण गरिनेछ । सबैका लागि शिक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिई बाल विकास केन्द्रको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा जोड दिइने भएको छ । दश वर्षे शिक्षा योजनालाई कार्यान्वयन गर्दै स्थानीय बजार र सम्बन्धित प्रतिष्ठानहरूको माग अनुसारका व्यावसायिक विषयहरूको अल्पकालीन एवं मध्यकालीन तालिमहरू सञ्चालन गर्दै लगिन भएको छ । विद्यालयहरूमा वेबसाइट निर्माण, इन्टरनेट, इन्ट्रानेट सुविधा विस्तार गरी कक्षा कोठा प्रविधि मैत्री बनाउँदै एक विद्यालय एक प्राविधिक कक्ष निर्माण कार्य अनिवार्य गर्दै लगिने भएको छ ।
स्थानीय विषयवस्तु र परिवेश समेटी तयार गरिएको स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने भएको प्रमुख जिसीले बताए । महानगरीय खेलकुद विकास समितिका मार्फत् वडास्तरमा खेल प्रतियोगिता तथा प्रशिक्षण संचालन गरिने भएको छ । पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । कला साहित्य तर्पm पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । महानगर रत्न चयन गरी सम्मान गर्ने र पोखरा साहित्य महोत्सव सञ्चालन गरिने भएको छ । युवा तथा स्वरोजगार प्रवद्र्धन कार्यक्रम तर्फ युवा परिषद् मार्फत् वडास्तरमा नै युवा गुनासो सुनाइ तथा सहयोग कक्ष स्थापना गरी युुवालाई व्यवसाय तथा उद्यम मूलक कार्यमा जोडिनेछ । विपद् उत्थानकार्यमा युवाहरू परिचालन गर्न एक वडा एक विपद् उद्धार समूह तयार गरी परिचालन गरिने नीति लिइने भएको छ ।
वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा आगामी आर्थिक वर्षमा ल्यान्डफिल साइटको व्यवस्थापनको लागि जमिन खरिद गरी, ल्यान्डफिल निर्माणको कार्य आरम्भ गरिन भएको छ । स्थायी स्यानिटरी ल्यान्डफिल व्यवस्थापन नभए सम्म अस्थायी ल्यान्डफिलको व्यवस्थापन गरेर विमानस्थल सञ्चालनमा सहजीकरण गरिने भएको छ ।
बुधबार मेयर जिसीले प्रस्तुत गरेको बजेटमा माथि छलफल गर्ने कार्यक्रम रहे पनि भएन । सचेतकद्वय रामराज लामिछाने र शोभामोहन पौडेलले सुझाव संकलन गरी छलफल गर्ने भन्दै बुधबारको बैठक स्थगित भएको हो । दुवै सचेतकले आ–आफ्ना तर्फको एक एक वडाध्यक्ष लिएर बिहीबार छलफल गर्ने वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले बताए । वार्ता टोलीको सहमती अक्षरश पालना गर्ने गरी बुधबारको सभा टुंगिएकाले सो अनुसार नभए नेपाली कांग्रेसका ४८ जना सभासद्हरुको सहमति नरहने पनि उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०८०
    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । उनकी माता जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा चरक ममोरियल…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…
  • पोखराको काहुँडाँडामा भीषण आगलागी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा, ६ चैत । पोखराको काहुँडाँडामा भीषण आगलागी हुँदा मानव बस्ती जोखिममा परेको छ । पोखरा ११, काहुँडाँडाको बतासे भन्ने…
  • आर्वामा भलिबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा। नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा दोस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका…
  • बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका  ६ स्थित जाउलेपानीमा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको छ  दुर्घटनामा…

hero news full width