नौलो घुम्तीको विपद् व्यवस्थापन सामग्री

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
relif

पोखरा । मनसुनको सुरुआतसँगै भएको वर्षाले पारेको प्रभावलाई न्यूनीकरण गर्न नौलो घुम्ती नेपालले विपद् व्यवस्थापन सामग्री सहयोग गरेको छ ।
नौलो घुम्तीले जिल्ला विपद व्यवस्थापन समिति तथा गैरसरकारी महासंघ कास्कीको समन्वयमा संस्थाका अध्यक्ष योगराज पौडेलले १० थान त्रिपाल नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेलाई हस्तान्तरण गरे ।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष पदमराज पहारीले कास्की जिल्लामा सञ्चालित अन्य सामाजिक संघसंस्थासँग समन्वय भइरहेको बताए ।
सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले संकलित सामग्री पीडित समक्ष समयमै पुर्‍याउने तयारी भइरहेको जानकारी दिए ।
यस्तै, ओलम्पिक दिवसको अवसरमा नौलो घुम्ती नेपालले पोखरा १८ धारापानीमा खुला टेबल टेनिस प्रतियोगिता सञ्चालन गरेको छ । संस्थाद्वारा सञ्चालित पुरुष लागुपदार्थ परामर्श, उपचार, तथा पुनस्र्थापना केन्द्रमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गरे ।
प्रतियोगितामा रुपक थापा प्रथम, पुजन मल्ल द्वितीय र सफल गुरुङ तृतीय भए ।
कार्यक्रममा रेफ्री केशवराम श्रेष्ठ, ओलम्पिक कमिटी स्पोर्ट फर अल कमिसनका अध्यक्ष खड्गबहादुर रानाभाट, केन्द्रका अध्यक्ष योगराज पौडेल, महासचिव मंगल नेपाली, कार्यक्रम संयोजक ओमकृष्ण गुरुङलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width