ट्याक्टर दुर्घटनामा मृत्यु

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
Accident

बागलुङ  । बागलुङ नगरपालिका वडा ३, रात्माटामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ध १ च ८३ नम्बरको ट्याक्टर रात्माटामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक बागलुङ नगरपालिका–१२ का १८ वर्षीय सरोज भन्ने टीका भेटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका भेटवालको धौलगिरी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width