‘वन डढेको देखिन्छ हजुर…’

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
music

पोखरा, ८ असार । विश्व संगीत दिवस अवसरमा पोखराबाट ‘वन डढेको देखिन्छ हजुर…’ गीत सार्वजनिक गरिएको छ ।
जोजिजु म्युजिक सेन्टर एन्ड म्युजिक स्कुलले भर्चुअलमार्फत दिवसको शुभकामना आदानप्रदानसँगै गीत सार्वजनिक गरेको हो ।
गायक, संगीतकार तथा म्युजिक स्कुलका निर्देशक वीनित जोजिजुको स्वर, राकेश अप्जसीको संगीत रहेको सो गीतको रचना वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले गरेका हुन् । गीत जोजिजु म्युजिक सेन्टरको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गीतकार सरुभक्त श्रेष्ठ, झिगुभाय झिगु संस्कृति पुचः अध्यक्ष संगीत तथा सस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठ, नेवाः ल्याम्ह पुचः कास्की अध्यक्ष मधुसूदन जोशी, गोर्खाली एफएमका स्टेसन मेनेजर खीमा गुरुङ, जोजिजु म्यूजिक स्कुलका ड्रमसेट प्रशिक्षक विशाल प्रतेल, गायक संगीतकर्मी स्कुलका निर्देशक वीनित जोजिजु लगायतले विश्व संगीत दिवसबारे चर्चा गरेका थिए ।
यस्तै, वीनित जोजिजु सहित म्युजिक स्कुल प्रशिक्षार्थी पुकारसिंह ठकुरी, शोभा गुरुङ, एसस्बी भोछिभोया, बाबगायिका उत्प्रेरणा जोजिजु लगायत गायन प्रस्तुति राखेका थिए । २ वर्षकै उमेरमा ड्रमसेट बजाएर विश्व कीर्तिमान कायम गर्न सफल बालप्रतिभा उत्प्रेम जोजिजुले ड्रम सेट बजाएका थिए भने म्युजिक स्कुल व्यवस्थापक तथा प्रशिक्षक सानु जोजिजुले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • ‘क्या बबाल’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण ६, २०७८
      पोखरा । कलाकारद्वय रोहन नेपाली र बिना राउत अभिनित म्युजिक भिडियो ‘क्या बबाल’ सार्वजनिक भएको छ । मनि खालिङको प्रस्तुतिमा निर्माण…
    • कलाको ‘पातली ३’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण ३, २०७८
      दमौली । गायिका कला लम्सालले तीज गीत ‘पातली ३’ ल्याएकी छन् । शिव हमालको लय शब्द रहेको सो भिडियो कला लम्सालको…
    • राष्ट्रिय संगीतकर्मी संघको ४३ परिवारलाई राहत

      आदर्श समाज सम्वाददाता जेठ २४, २०७८
      पोखरा, २४ जेठ । राष्ट्रिय संगीतकर्मी संघ कास्कीले जिल्लाका विभिन्न ४३ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड–१९ कारण सबै…
    • ठाडोभाकाका गायक तुलबहादुरको निधन

      आदर्श समाज सम्वाददाता जेठ ९, २०७८
      लमजुङ । ठाडोभाकाका गायक तुलबहादुर दुराको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा आफ्नै निवास सुन्दरबजार नगरपालिका–३, दुराडाँडा, मिलनवस्तीमा निधन…
    • धम्पुस गाउँबारे सालैजो गीत

      आदर्श समाज सम्वाददाता वैशाख २६, २०७८
      हेमजा । लोकगायक श्याम अधिकारीले पर्यटकीय गाउँ धम्पुसको प्रबद्र्घन गर्ने उद्देश्यले सालैजो गीत बजारमा ल्याएका छन् । गायक अधिकारीलाई यस गीतमा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads