फ्रेस हाउसमा कुहिएको मासु !

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
anugaman tanahau

दमौली । फ्रेस हाउसले स्वास्थ्यमा हानी हुने गरी कुहिएको मासु बेचेको भन्दै मासु बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार आँबुखैरेनी बजारका फ्रेस हाउस, दाना पसल, मिनी मार्ट तथा भेटेनरी पसल अनुगमन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वको अनुगमन टोलीले मनकामना दाना पसलबाट सडे गलेर कुहिएको अवस्थामा रहेको ३१ किलो ब्रोइलर कुखुराको मासु र म्याद नाघेको ३४ किलो कुखुरालाई खुवाउने दाना बरामद गरी खाडलमा पुरेर नष्ट गरेको हो । अनुगमनमा न्यू श्रेष्ठ मिनी मार्टबाट तोकिएकोभन्दा बढी मूल्यमा सामान बिक्री गरेकोसमेत भेटिएको छ ।

अनुगमन टोलीमा वरिष्ठ पशु चिकित्सक अधिकृत बालकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुसाद पोखरेल, आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष पूर्णबहादुर आले, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रशन्न पोखरेल, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी सहायक निरीक्षक रवि थापा, भेटेनरी अस्पतालका प्रतिनिधि डिल्लीराम पोखरेल लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width