गण्डकी प्रदेशमा ४८ हजार बढीले कोरोना जिते

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा ५ सय ६६ जनाले कोरोना जितेका छन् । सोमबार ६ सय ५५ जना निको भएकोमा मंगलबार केही संख्या घटेको हो । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ४८ हजार ९ सय ९५ पुगेको छ । देशभर २४ घन्टामा ४ हजार ९ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ ।
प्रदेशमा ४ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार १ हजार ७ सय ९६ जनाको नमुना परीक्षण गरिएकोमा २६ दशमलव ७२ प्रतिशत संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीमा ७४ जना पुरुष तथा ६४ जना महिला गरी १ सय ३८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसैगरी म्याग्दीका १७, पर्वतका १, गोरखाका ९२ र लमजुङका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । तनहुँका ७२ जना, बागलुङका ६८ जना स्याङ्जाका २९ जना र नवलपुरका ५४ जना गरी प्रदेशका ९ जिल्लामा २ सय ४६ पुरुष तथा २ सय ३४ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय ७१ पुगेको छ । पछिल्लो २४ घन्टामा ५ सय ६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ९ सय ९५ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ

देशभर ३ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २ सय ४ पिसिआर परीक्षणमा ३ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी ४ हजार ७ सय ९ एन्टिजेन परीक्षणमा ८ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना पोजेटिभ भएकाको संख्या ६ लाख २६ हजार ३ सय ४३ पुगेको छ ।

गण्डकीमा कोरोनाबाट थप ६ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको ज्यान गएको छ । मंगलबार कोरोनाबाट ज्यान गुमाउनेमा कास्कीका ३, बागलुङको २ र स्याङ्जाका १ जना छन् । कास्कीको पोखरा महानगरपालिका १२ का ३० वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । पोखरा १७ की ९२ वर्षीया कोरोना संक्रमित महिलाको फेवासिटी अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ । कास्कीकै माछापुच्छे« गाउँपालिका ४ का ७४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।
यसैगरी बागलुङ नगरपालिका ३ का ८२ वर्षीय पुरुषको धौलागिरी अस्पताल, बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङकै बडिगाड गाउँपालिका २ का ६८ वर्षीय पुरुषको धौलागिरी अस्पताल, बागलुङमा उपचारको क्रममा निधन भएको हो । स्याङ्जाको बिरुवा गाउँपालिका ७ का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय १ जना पुगेको छ । देशभरमा पछिल्लो २४ घन्टामा थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width