६५५ कोरोनामुक्त, ६ को मृत्यु

आदर्श समाज सम्वाददाता
असार ८, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितमध्ये सोमबार ६ सय ५५ जना निको भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेको संख्या बढेको छ । आइतबार ५ सय ५८ जना निको भइ घर फर्किएका थिए । योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ४ सय २९ पुगेको छ ।

गण्डकीमा सोमबार थप २ सय ७७ मा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको संख्या पनि केही बढेको छ । आइतबार १ सय १६ जना संक्रमित भेटिएका थिए । गण्डकीमा सक्रिय संक्रमितको संख्या हाल ३ हजार ३ सय ६७ छ । जसमध्ये २ हजार ९ सय ९१ जना होम आइसोलेसनमा छन् ।

सोमबार संक्रमित हुनेमा कास्कीका १ सय ३५, स्याङ्जाका ३४, नवलपुरका ३० र तनहुँका २४ जना छन् । मनाङ र मुस्ताङमा संक्रमितको संख्या शून्य रहँदा गोरखामा १८ सहित लमजुङमा १७ संक्रमित छन् । त्यसैगरी पर्वतमा ८, बागलुङमा ७ सहित म्याग्दीमा ४ जनामा कारोना संक्रमण भएको छ ।

देशभर १ हजार ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ५ सय ८३ पिसिआर परीक्षणमा १ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ३ सय २१ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २२ हजार ६ सय ४० पुगेको छ ।

प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ८ सय ९५ पुगेको छ

यस्तै, गएको २४ घन्टामा ३ हजार १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ ।

यसैबीच, गण्डकीमा सोमबार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । तीमध्ये कास्कीका ३ सहित लमजुङ, स्याङ्जा र म्याग्दीका १/१ जना छन् ।

पोखरा महानगरपालिका १० का ९८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ८ की महिलाको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा १३ का ६४ वर्षीय पुरुषको मणिपाल अस्तालमा उपचारको क्रममा ज्यान गएको हो ।

यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका ४ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको छ । स्याङ्जाको पुतली बजार नगरपालिका २ का ५९ वर्षका कोरोना संक्रमित पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान जाँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ मा ५२ वर्षका पुरुषको बेनी अस्पताल, म्याग्दीमा मृत्यु भयो ।

योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ९५ पुगेको छ । देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width