कास्कीमा साढे ५७ हजारले लगाए कोरोना खोप

धनबहादुर गुरुङ
असार ८, २०७८
Vaccine

पोखरा । कास्कीमा करिब साढे ५७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार जिल्लामा कुल ५७ हजार ६ सय ३९ जनाले कोरोनाविरुद्ध खोप लगाएका हुन् । जसमा ४८ हजार ७९ जनाले कोभिसिल्ड र ९ हजार ५ सय ६९ जनाले भेरोसेल खोप लगाएका हुन् ।
जिल्लामा ६ हजार ६ सय ९३ भायल कोभिसिल्ड र ६ हजार ९ सय ३० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख बावुराम आचार्यले जानकारी दिए । यहाँ आएको खोपमध्ये कोभिसिल्ड १ सय ५ भायल र भेरोसेल ५७ डोज बाँकी छ । जसमा १९ भायल कोभिसिल्ड खेर गएको छ भने ४ डोज भेरोसेल खेर गएको छ । कोभिसिल्ड एक भायल खोलेपछि १० जनालाई लगाउन मिल्ने आचार्यले बताए ।
‘कोभिसिल्ड एक भायल खोलेपछि ६ घण्टाभित्र १० जनालाई लगाउन सकिन्छ । ६ घण्टापछि भने खेर जान्छ,’ उनले भने, ‘भेरोसेल चाहिँ एउटा डोज एक जनालाई मात्र हो ।’ पहिलो चरणमा भारत सरकारले दिएको कोभिसिल्ड गत माघ १४ बाट सुरु भएको हो । माघ १५ देखि २४ सम्म पहिलो, फागुन २ देखि १० सम्म दोस्रो, फागुन २३ देखि चैत १० सम्म तेस्रो र जेठ २५ देखि ३१ सम्म चौथो गरी ४ चरणमा कोभिसिल्डको पहिलो खोप लगाएका हुन् । बैशाख ७ देखि १४ सम्म दोस्रो डोजका लागि समयसीमा तोकिएको थियो । त्यो समयमा १६ हजार ९ सय ९० जनाले खोप दोस्रो डोज लगाएको प्रमुख आचार्यले जानकारी दिए । कोभिसिल्ड लगाएकामध्ये ३० हजार ६ सय २६ जनाले दोस्रो डोज लगाउन बाँकी छ । ‘पहिलो दोस्रो चरणमा लगाउन अधिकांशले दोस्रो डोज लगाएका छन्,’ उनले भने, ‘फागुन २३ देखि पहिलो डोज लगाएका कसैले पनि दोस्रो चरणमा लगाएका छैनन् ।’ उनीहरुका लागि सरकारले व्यवस्था गर्ने वित्तिकै उनले बताए ।

कोभिसिल्ड लगाएकामध्ये ३० हजार ६ सय २६ जनाले दोस्रो डोज लगाउन बाँकी छ ।

कास्कीमा जेठ २७ मा चीनबाट आएको भेरोसेल खोपको पहिलो डोज लगाइएको थियो । उक्त खोप कास्कीका लागि ९ हजार ६ सय ३० प्राप्त भएको थियो । ती खोप कास्कीमा पोखरा महानगर र ४ गाउँपालिका गरी पाँचै पालिकालाई दिइएको थियो । जसमध्ये पोखरालाई ६ हजार ३ सय १७, रुपामा ४ सय ५, मादीमा ३ सय ६४, माछापुच्छ«ेमा ३ सय ७२, अन्नपूर्णमा ४ सय १ डोज पठाएका थियो । मणिपाल शिक्षण अस्पतालमा ५ सय, गण्डकी मेडिकल कलेजमा ५ सय, पत्रकारका लागि १ सय ९९, ट्यांकर चालक र सहचालकका लागि ५६ डोज दिइएको थियो । पहिलो खोप लगाएकामध्ये दोस्रो चरणका लागि ४ सय ५५ डोज पठाएको थियो । प्राप्त ९ हजार ६ सय ३० भेरोसिलमध्ये ४ खेर गएको थियो भने ९ हजार ५ सय ६९ ले लगाएका छन् ।
भारत सरकारबाट अनुदानमा आएको १० लाख, सिरम इन्स्टिच्युटसँग किनेको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान ‘कोभ्याक्स’ बाट उपलब्ध ३ लाख ४८ हजार गरी अहिलेसम्म झन्डै साढे २३ लाख कोभिसिल्ड खोप नेपाल भित्रिएको छ । भारतीय सेनाले नेपाली सेनालाई छुट्टै १ लाख मात्रा कोभिसिल्ड खोप पनि दिएको थियो । पछि बीचमा चीनले नेपाललाई १० लाख डोज भेरोसेल उपलब्ध गरायो ।
नेपालमा आएको कोभिसिल्डमध्ये गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको थियो । त्यतिबेला कास्कीसहित गण्डकी प्रदेशका ११ वटै सम्बन्धित जिल्ला अस्पतालका खोप केन्द्र तोकिएकोमा सबै खोप केन्द्रमा खोप लगाइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width