स्याङ्जा अस्पताललाई गोर्खा ट्रस्टकोे सहयोग

आदर्श समाज सम्वाददाता
असार ७, २०७८
Hospital

स्याङ्जा । गोर्खा ट्रस्टले जिल्ला अस्पताल स्याङ्जालाई १० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड बिरामी लक्ष्य गरी गोर्खा वेल्फेयर ट्रस्ट नेपालले अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । ट्रष्ट नेपाल र ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम शाखाको संयुक्त सहयोग तथा स्याङ्जा शाखाको समन्वयमा ती स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

ट्रस्टले ९÷९ लिटरका २ वटा अक्सिजन कन्सन्ट्रेटर, १५ वटा अक्सोमिटर र १ सय ५० वटा पिपिइ उपलब्ध गराएको छ । यसैगरी ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमले सर्जिकल मास्क, केएन ९५ माक्स, पन्जा र सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

संस्थाको स्याङ्जा शाखाका निमित्त प्रमुख नीलप्रसाद गुरुङले अस्पताल प्रमुख डा. रमेश आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री ग्रहण गर्दै प्रमुख डा. आचार्यले ट्रस्ट नेपाल र ग्रामीण खानेपानी कार्यक्रमलाई धन्यवाद दिँदै अस्पतालमा उपलब्ध स्वास्थ्य सामग्रीको सदुपयोग गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width