हाम्रो परिवर्तन नेपालको ज्ञापन

आदर्श समाज सम्वाददाता
असार ७, २०७८
hamro paribartan

पोखरा  । हाम्रो परिवर्तन नेपालले विभिन्न मागसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।
संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ र सचिव हरि कार्कीले विभिन्न मागसहित १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनमा महामारीका बेला जिल्लास्तरीय सहुलियत पसल सञ्चालन गरी सर्वसाधरणलाई किनमेलको सहज वातावरण सिर्जना गर्नु पर्ने, अत्यन्त विपन्न परिवारलाई अस्थायी रासन कार्डको व्यवस्था गराउनु पर्ने, घरभाडामा पनि केही छुटको व्यवस्था मिलाउनुपर्ने, सर्वसाधरणलाई समेत कोभिड–१९ को खोप उपलब्ध गराउन प्रदेश सरकारले यथाशीघ्र पहल गर्नुपर्ने लगायत छन् ।
यस्तै, कोरोनाले प्रभावित सम्पूर्ण प्रकारका व्यवसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनका लागि उचित योजना गर्नुपर्ने, यस्तो अवस्थामा कम्तीमा ६ महिनासम्म शून्य प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, बिमा उपचारका लागि सरकारी तथा अन्य आधिकारिक स्वास्थ्य संस्थाले छुटै विभाग खडा गरी उपयुक्त एवं स्तरीय उपचार सेवा दिनुपर्ने, सर्वसाधारणलाई आर्थिक अनुदान तथा सहुलियतको लागि छुट्टै वित्तीय संस्था खडा गरी सेवा दिनुपर्ने माग उठाइएको छ ।
प्रदेशका सम्पूर्ण सांसद तथा मन्त्रीहरुले आवश्कीय उपचार सेवा सरकारी अस्पतलाबाट नै लिनुपर्ने, सार्वजनिक तथा निजी शैक्षिक संस्थाले १ नर्सिङ दरबन्दी कायम गरी आकस्मिक दुर्घटनाका लागि तत्काल नसिङ केयर गर्नुपर्ने, सरकारीस्तरबाट भएका सम्पूर्ण कार्यक्रमको अनुगमनका लागि गैरसरकारी संस्थालाई पनि सहभागी गगराउनुपर्ने, कोरोनाको बेला सेवा दिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगायतका व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ सेवा निशुल्क प्रदान गर्नुपर्ने, त्रिविअन्तगर्तका शैक्षिक संस्थाले १८ महिनासम्म परीक्षा सञ्चालन नगरेको हँुदा वैकल्पिक विधिबाट परीक्षा दिलाउन पहल गरिनुपर्ने लगायत माग ज्ञापनपत्रमा समेटिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width