२५ परिवारलाई रेडियो उपहार

आदर्श समाज सम्वाददाता
असार ७, २०७८
Radio-Bitaran

दमौली । जिल्लाको देवघाट गाँउपालिकाले २५ घरपरिवारलाई रेडियो उपहार दिएको छ । सूचनाको पहँुचबाट टाढा रहेकालाई सूचना प्रवाह गर्न रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाभित्रका स्थानीय खबर तथा देश र विदेशका खबरबाट सुसूचित गर्न रेडियो वितरण गरेको उनले बताए । उनले भने, ‘कतिपय ठाउँमा मोबाइलको टावर टिप्दैन । रेडियो सुनेर भए पनि उहाँहरूले अब गाउँ र देश तथा विदेशमा के भइरहेको छ थाहा पाउन सक्नुहुन्छ ।’ सुचनाको पहुँचबाट टाढा रहेका निम्नवर्गका दलित एवं जनजाती समुदायलाई सूचनाको पहुँचमा ल्याउने उद्देश्यले गाँउपालिकाले करिब १५ हजार बराबरको रेडियो वितरण गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width