आँधीखोलाको नीति तथा कार्यक्रम सार्वजनिक

भवानी अधिकारी
असार ६, २०७८
AAdhikhola AGM 9

स्याङ्जा  । आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सुधीर पौडेलले नवौं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रविधि र पर्यटनलाई नीति तथा कार्यक्रममा प्राथमिकता साथ उठाइएको छ । स्याङ्जाको पहिचान अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ सञ्चालन गरिने भएको छ ।

यसैगरी, सिरुवारी–गोरुजुरे–अन्धाअन्धी–श्रवणकुमार–पञ्चासे पर्यटनमार्ग बनाउने, सेतीदोभान–साधना गार्डेन पदमार्ग र टावर निर्माण, डहरे लेकमा जंगलपार्क निर्माण जस्ता योजना नीति तथा कार्यक्रममा छन् । सिरुबारी होमस्टेको संस्थागत संरचनाको निर्माण गरिने भएको छ ।

कृषि तथा फलफूल उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम सञ्चालन, भूमि बैैंक र चक्लाबन्दी प्रोत्साहन, एक गाउँ एक पकेट क्षेत्र, कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिने लगायत कार्यक्रम छन् ।

‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ सहित गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकता दिएको छ ।

सबै जातजातिका भेषभूषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण, सबै वडा कार्यालयमा इन्टरनेट व्यवस्था, २ वटा वडा बालमैत्री बनाइने, पालिकावासीलाई एक घर, एक धारा अनुरुप सर्वसुलभ र स्वच्छ खानेपानी, गाउँपालिकाको १० शैयाको अस्पतालको स्तरोन्नति, योगध्यान केन्द्र निर्माण, उपचार सहायता राहत कोष स्थापना, किशोर किशोरीमैत्री सूचना केन्द्र, हाम्रो विद्यालय राम्रो विद्यालय, जोखिमयुक्त बस्ती पहिचान सहित स्थानान्तरण, वातावरणमैत्री स्थानीय शासनमा जोड दिइएको छ ।

उत्पादनसँग विद्यार्थी, विद्यार्थीसँग अध्यक्ष कार्यक्रम, अनिवार्य कोरोनाविरुद्ध खोप व्यवस्था, ज्येष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लीनिक कार्यक्रम, ज्येष्ठ नागरिक पोषण कार्यक्रम समेत समावेश छ ।

लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन, खेल मैदान निर्माण, गाउँपालिकाको केन्द्रबाट वडा केन्द्रसम्म जोड्ने सडक स्तरोन्नति, सडक एवं पूर्वाधारतर्फ ४० प्रतिशत स्ट्रचरको काम गर्ने उल्लेख छ ।

सेतीदोभान र शिरुवारी जोड्ने पुल निर्माण, बहुउद्देश्यीय सभा हल व्यापारिक तथा सपिङ कम्प्लेक्स जस्ता गाउँपालिकाका गौरव आयोजनाका काम सम्पन्न गरी सञ्चालन गर्ने व्यवस्था मिलाइने, आँधीखोला उज्यालो अभियान सञ्चालन गर्न प्रयत्न गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

Related News

सम्बन्धित समाचार

    • गोर्खा स्मारक प्रदेशकै गौरव

      विजय नेपाल श्रावण १७, २०७८
      पोखरा । युद्धभूमिमा कैयौं वीरगोर्खाली सहिद भएका छन् । विश्वयुद्धदेखि विभिन्न देशका युद्धभूमिमा ज्यानको बाजी थापेर लडेकामध्ये ६० हजारभन्दा बढी…
    • डुबेर २ किशोर बेपत्ता

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      बागलुङ  । कालीगण्डकी नदीमा डुबेर बागलुङ नगरपालिका ४ का २ जना किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी…
    • धौंलागिरि अस्पतालको एनआइसीयू अलपत्र

      रासस श्रावण १५, २०७८
      बलेवा । बजेट अभावले धौंलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका…
    • संक्रमित भेट्दै मनोबल बढाउँदै

      सविन लामिछाने श्रावण १५, २०७८
      दमौली । हर्न बजाउँदै घर अगाडि स्कुटर आएपछि सेतै फुलेका पाका मानिस बाहिर निस्किए । केही साताअघि कोरोना संक्रमित उनी होम…
    • ‘जनताको भावनाअनुसार काम गर्नू’

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । हेमजावासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई आग्रह गरेका छन् । बिहीबार हेमजामा आयोजित…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads