पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उनलाई सपथ गराएका छन् ।
तनहुँ साँगेका काफ्ले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा उनी छनोट भएका थिए । त्यसअघि उनी दमौलीमै क्याम्पस प्राध्यापन गर्थे । उनले केही समय तत्कालीन जिल्ला विकास समिति तनहुँमा पनि काम गरेका थिए । पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो ।
प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि योजना आयोग खाली थियो । आयोगमा कम्तीमा १ महिलासहित २ सदस्य समेत रहने व्यवस्था छ । सदस्यमा भने अहिलेसम्म कोही नियुक्त भएका छैनन् । गुरुङ सरकारका पालमा स्याङ्जाका डा. गिरिधारि शर्मा पौडेल योजना आयोग उपाध्यक्ष थिए ।
मुख्य न्यायाधिवक्ताका बारेमा पनि निर्णय भएको बताइएको थियो । तर मुख्य न्यायाधिवक्ताको सपथ भने भइसकेको छैन । मुख्य न्यायाधिवक्तालाई भने उच्च अदालतका मुख्य न्यायाधीशले सपथ खुवाउने प्रावधान छ ।
Related News
सम्बन्धित समाचार
निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी प्रमाणित भए कारबाही गर्नेे प्रधानमन्त्रीको प्रतिबद्धता
पोखराको काहुँडाँडामा भीषण आगलागी
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
hero news full width
मुख्य समाचार
दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
चैत्र ५, २०८०सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
चैत्र ५, २०८०गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुन्छ : मुख्यमन्त्री पाण्डे
चैत्र ४, २०८०बाबुरामलाई संसद सचिवालयले भन्यो : महिन्द्रराय र उमरावती माओवादीकै सांसद
चैत्र ४, २०८०