कोभिडविरुद्धको खोपलाई पहिलो प्राथमिकता : मन्त्री आचार्य

आदर्श समाज सम्वाददाता
असार ६, २०७८
Sambridhi Sahakari News

लेखनाथ । गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । संवृृद्धि कृषि बचत तथा ऋण सहकारी संस्थाले शनिबार लेखनाथमा आयोजना गरेको रक्तदान शुभारम्भपछि मन्त्री आचार्यले खोपलाई प्राथमिकता दिएको बताए । मुख्यमन्त्रीले संघीय सरकारसँग समन्वय गरिरहेको उनले स्पष्ट पारे । उनले १÷२ दिनमै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका विषयमा छलफल गर्ने उल्लेख गरे ।

मन्त्री आचार्यले पहिलो रक्तदाताका लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलाई ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । रक्तदानमा ६५ युनिट रगत संकलन भएको छ । पावर जिम तालचोकका सञ्चालक राजेश सुवालको नेतृत्वका युवाहरुले रक्तदानसहित कार्यक्रममा सहयोग गरेका थिए । रक्तसञ्चार केन्द्र पोखराको आह्वानमा सहकारीले आकस्मिक रक्तदान आयोजना गरेको हो । यसअघि पनि संस्थाले केन्द्रको आह्वानमा रक्तदान आयोजना गर्दा ६१ युनिट रगत संकलन भएको थियो ।

Related News

सम्बन्धित समाचार

    • खोप उपलब्ध गराउन व्यवसायीको माग

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । पोखराका उद्योग व्यवसायीले आफूहरुलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले प्रदेशका मुख्यमन्त्रीलाई…
    • पोखरामा कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु…
    • मुक्तिनाथले ल्यायो मासिक व्याजको खाता

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      पोखरा । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक व्याज आर्जन हुने…
    • अण्डाको मूल्य हालसम्मकै उच्च

      रासस श्रावण ११, २०७८
      चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads