कालीगण्डकी करिडोर पुल सुचारु

आदर्श समाज सम्वाददाता
असार ६, २०७८
kaligandaki coridors

बागलुङ । कालीगण्डकी करिडोर सडकमा रहेको काठेखोला पुल मर्मत सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १ काठेखोलाको पुल क्षति भएको खबर सञ्चार माध्यमबाट प्रसारण भएपछि पुल मर्मतको कामले अग्रता लिएको हो ।

सडक विभागले बागलुङको काठेखोलामा क्षति भएको मोटरेबल पुल स्काभेटर प्रयोग गरी पुलको मुख भागमा आएको ठूलो चट्टान फोडेर पुल मुनिबाट पानी बग्ने बनाइ पुल सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

क्षतिग्रस्त पुल सबैतर्फको दबाबपछि ५ दिनको प्रयासमा मर्मत भएको हो । पुल बाढीले क्षति पु¥याएपछि बागलुङ नगरपालिकाको वडा नम्बर १२, १३ र १४ का साथै जैमिनी नगरपालिका, बरेङ गाउँपालिकाका जनता सदरमुकामसँग टाढिएका थिए ।

स्थानीय प्रशासन, सडक विभाग, जिल्ला समन्वय समिति बागलुङ नगरपालिकालगायत जनप्रतिनिधिको सक्रियतामा पुल मर्मत गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads