अपागंता भएका व्यक्तिलाई राहत

आदर्श समाज सम्वाददाता
असार ६, २०७८
sks news (1)

पोखरा । कास्की नेत्रहीन संघको समन्वय तथा विजनेस एन्ड प्रोफेसनल वुमेन क्लब पोखराको सहयोगमा कास्की जिल्लामा बसोबास गर्ने १ सय ६५ दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ ।

असार १ देखि ५ सम्म चलेको घुम्ती राहत वितरण कार्यक्रममा कोभिड प्रभावित ती व्यक्तिलाई संघले जनही १ बोरा चामल, ३ केजी दाल, ३ लिटर तेल र २ केजी नुनसहितको खाद्यान्न सामग्री वितरण गरेको हो ।

सडकगायन, दोहोरीसाँझमा कार्यरत, मसाज थेरापिष्ट, धुप, मैनबत्ती लगायतको घुम्ती व्यवसाय गरी जीविकोपार्जन गर्दै आएका १ सय २१ दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको विजनेस एन्ड प्रोफेसनल वुमेन क्लब पोखरा च्याप्टरका अध्यक्ष हरिमाया शर्माले बताइन् ।

निषेधाज्ञामा आफ्नो दैनिक गुजारा गरी जीवन निर्वाहमा समस्या भएका व्यक्तिको समस्या दृष्टिगत गरी संघले सम्बन्धित परिवारको घरमै पुगी राहत वितरण गरेको कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले बताए ।

संघले यसअघि पनि सुप्रिना फाउन्डेसन सहयोगमा २० जना र समाजसेवी संगीता पौडेलको सहयोगमा ६ जना दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिलाई सहयोग गरेको राहत वितरण कार्यक्रमका संयोजक लक्ष्मी गुरुङले बताइन् ।

कोभिडका कारण भोकमरीमा परेका दृष्टिविहीनलाई कास्की नेत्रहीन संघको सम्पर्कमा आउन र सहयोगदातालाई संस्थामार्फत सहयोग गरी राहत वितरणलाई व्यवस्थित गर्न संघका अध्यक्ष सापकोटाले आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा मनाङ मर्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…
    • महानगरका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्री

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । नेपाल विकास समाजले पोखराका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्रीसहित खाद्यान्न सहयोग गरेको छ । पोखराको दमकल कार्यालयमा कार्यक्रम गरी ६५…
    • प्रेस संयोजक कोइरालालाई बधाई

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ ।…
    • ट्राफिक कार्यालयको सूचना सम्प्रेषण अभियान

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । जिल्ला ट्राफिक कार्यालय, कास्कीले सूचना सम्प्रेषण अभियान सुरुआत गरेको छ । कोरोना नियन्त्रण र सवारी दुर्घटना कम गर्न…
    • पर्यटन व्यवसायीले मागे खोप

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा  । पोखराका पर्यटन व्यवसायीले कोरोनाविरुद्ध खोप माग गरेका छन् । उनीहरुले कोरोनाका कारण थलिएको पर्यटन चलायमान बनाउन तत्कालका लागि ५…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads