संक्रमित घटेसँगै परीक्षणमा कमी

धनबहादुर गुरुङ
असार ६, २०७८
PCR

पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीलाई २ साता अघिसम्म स्वाब परीक्षण गर्न भ्याइनभ्याइ थियो । तारन्तार फोनको घन्टी बजेकै हुन्थ्यो । कतिको त फोन उठाएर जवाफ फर्काउन पनि भ्याउँथिनन् । स्वाबको संख्या उति नै । बिहान ६ देखि राति ११ बजेसम्म उनी स्वाब परीक्षणमै व्यस्त हुन्थिन् । खाना खाजा र सुत्न कुनै मेलोमेसो हुन्थेन । प्रदेशका ११ वटै जिल्लाबाट आएका स्वाबहरु उनको टिमले नै परीक्षण गरी सक्नुपथ्र्यो । पिसिआरको रिपोर्ट ढिला भयो भन्ने हल्ला मच्चिएपछि ५ जना स्टाफ नै थप्नुप¥यो । जता हे¥यो समस्या नै समस्या थियो । उनी आजित हुन्थिन् । फोन उठाउन भने उनले कञ्जुस्याइँ गरिनन् । तर अचेल उनलाई कुनै समस्या छैन, कारण स्वाब कलेक्सन कम हुनु ।

पछिल्ला दिनमा पिसिआर परीक्षण घटेको सुवेदी बताउँछिन् । स्वाब कलेक्सन नै कम भएका कारण आफूहरुलाई कुनै हतार नरहेको उनको भनाइ छ । ‘आजभोलि त पहिलाजस्तो समस्या छैन,’ उनले भनिन्, ‘पहिलाको जस्तो फोन पनि आउँदैन ।’ पहिले एकै दिन १ हजार ८ सय स्वाब आउने गरेकोमा अचेल २ सयको हाराहारीमा संकलन हुने गरेको उनले बताइन् । चाप बढी भएको समयमा ३ सिफ्टमा काम गर्दा पनि नसकिने परीक्षण अहिले २ सिफ्टमा आरामसँग सकिने उनले जानकारी दिइन् । ‘त्यो बेला सबैलाई गाह्रो थियो । उहाँहरुले फोन गर्नु जायज नै हो । मैले पनि फोन उठाएर राम्रै रेस्पोन्स दिन्थें,’ सवेदीले भनिन्, ‘अहिले स्वाब नै कम आउन थालेको छ, फोन पनि कहिलेकाहीँ मात्र आउँछ ।’

केही दिनयता पानी परिरहेकोले पनि स्वाब संकलन कम भएको हुन सक्ने उनको आंकलन थियो । संक्रमणदर घटेकोले यसको प्रभाव स्वाब संकलनमा परेको उनी बताउँछिन् । प्रदेशको नवलपुर र बागलुङमा समेत पिसिआर परीक्षण हुन्छ । तर भेरिफाइका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा नै ल्याइन्छ । ठाउँ ठाउँमा हुने एन्टिजेन्ट परीक्षणले पनि केही सहज भएको उनले बताइन् । संक्रमण घट्यो भन्दैमा लापरवाही नगरी स्वास्थ्यको मापदण्ड पालनामा ध्यान दिनको उनको सुझाव छ । ‘संक्रमणको दर र डाटा हेर्दा पनि केही संख्यामा संक्रमितको संख्या कम नै हो,’ उनले भनिन्, ‘संक्रमण घट्यो भनेर हेलचक्र्याइँ नगर्न मेरो अनुरोध छ ।’

पहिले एकै दिन १८ सय स्वाब संकलन हुने गरेकोमा अचेल २ सय हाराहारीमा मात्र संकलन हुने गरेको उनले बताइन् ।

संकटको बेला जनताको लागि घरपरिवार भोकनिन्द्रा नभनी खटिए पनि राज्यले नहेरेको उनको आरोप छ । गत वर्षको असारयता सरकारले दिने भनेको जोखिम भत्ता नपाएको उनको गुनासो छ । ‘देशलाई गाह्रो परेको बेला हामीले केही नभनी सहयोग गरेकै हो,’ उनी भन्छन्, ‘आफैले घोषणा गरेको जोखिम भत्ता त उपलब्ध गराउनुप¥यो नि ।’ असारसम्मको पाएको जोखिमभत्ता बुझे पनि १ वर्ष बित्न लाग्दा समेत हात नपरेको उनले जानकारी दिइन् । सरकारले कोरोना उपचारमा संलग्न जनशक्तिलाई गत २०७६ चैतमै जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

७९१ जनाले कोरोना जिते

गण्डकी प्रदेशमा थप ७ सय ९१ जनाले कोरोना जितेका छन् । गएको २४ घण्टामा ३ सय ४६ जना संक्रमित हुँदा ७ सय ९१ जना निको भएका हुन् । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ४७ हजार २ सय १६ पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ ।

प्रदेशमा ३ सय ४६ जनामा पाजेटिभ देखिदा सक्रिय संक्रमित ४ हजार २ सय १ पुगेको छ । प्रदेशमा १ सय ७६ जना पुरुष तथा १ सय ७० जना महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । शनिबार १ हजार १ सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा ३०.७२ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये २ सय ४४ जना पिसिआर परिक्षणबाट र १ सय २ जना एण्टीजेनबाट कोरोना पुष्टि भएको हो ।

कास्कीका १ सय २०, म्याग्दीका ११, पर्वत ८, लमजुङका २२ र तनहुँका ८८ जनामा कोरोना पोजेटिभ भेटिएको हो । यसैगरी बागलुङका २५, स्याङ्जाका ४० र नवलपुरका ३२ जनामा कोरोना संक्रमण भएको हो । मनाङ, मुस्ताङ र गोरखामा संक्रमित थपिएनन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२ हजार २९८ पुगेको छ ।

देशभर १ हजार ६ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट थप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ ।

यसैबीच, गण्डकीमा गएको २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउनेमा कास्की, म्याग्दी, बाग्लुङ, तनहुँ र स्याङ्जाका १÷१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखरा महानगरपालिका १७ की ४९ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ८० वर्षीय कोरोना संक्रमित पुरूषको मेडिप्लस अस्पताल, पोखरामा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ का ५० वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । बागलुङको बडिगाड गाउँपालिका ६ की २६ वर्षीया महिलाको शनिबार नै धौलागिरी अस्पताल, बाग्लुङमा र तनहुँको भानु नगरपालिका ३ का ७० वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ सय ८१ पुगेको छ । देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    • बलेवामा हवाईजहाज…

      रासस श्रावण १२, २०७८
      बलेवा । बलेवाली मायाको चिनो १ चिनो हेरे हुन्छ मन मलिनो मेरो माया जन्मेको घर बलेवामा हवाई जहाज सर जाम्ला…
    • आउला त डुंगा चालकका दिन ?

      विजय नेपाल श्रावण १२, २०७८
      पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको…
    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

      रासस श्रावण ११, २०७८
      पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र…
    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads