स्कटल्यान्डका नेपालीद्वारा ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
Pokhara oxygen concentrator

पोखरा । कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार ५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये ५ थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जर्मनीमा निर्मित १० लिटर क्षमताका उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो । प्रडा खत्रीले स्कटल्यान्डका नेपाली संघसंस्था तथा व्यक्तिबा प्राप्त सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने डा. खत्रीले बताए ।

उक्त कार्यक्रममा कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डका प्रतिनिधि प्रकाश अर्याल, स्थानीय समाजसेवीहरू रामजी बराल, विष्णु बराललगायतले बोलेका थिए ।

कोभिड–१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्यान्ड, नेपाल स्कटल्यान्ड एसोसिएसन, ग्लास्गो नेपाली एसोसिएसन, स्कट स्पोर्टस् क्लब, दियो क्लब, नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एन्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज नेपाली एसोसिएसन, नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेपाली एसोसिएसन, जिएस आर्टस् कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एन्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डको संलग्नता छ ।

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्यान्डमा रहेका नेपालीहरूबाट व्यक्तिगतरूपमा सहयोग प्राप्त भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width