लेखनाथ खानेपानी उपभोक्ता संस्थाको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
khane pani

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राकृतिक स्रोतसाधन राज्यको सम्पत्ति भएकाले संरक्षणमा जोड दिएका छन् । लेखनाथ खानेपानी उपभोक्ता संस्थाको शुक्रबार २० औं वार्षिकोत्सव उद्घाटन समारोहमा उनले यी स्रोत संरक्षण गरेर उपभोग गर्नु अहिलेको आवश्यकता भएको पनि बताए ।

विकासका नाममा विनासकारी कार्यले मानिसको जनजीवन प्रभावित पारेकाले यसतर्फ सचेत हँुदै विकासका पूर्वाधार निर्माण गर्दा सडक, खानेपानी, बिजुली, सिंचाइबीच सहकार्य हुनुपर्ने प्रमुख जिसीको भनाइ थियो ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले २० वर्ष पार गरेको संस्थाले समथर र पहाडी भूभाग गरी करिब १४ हजार ४ सय ४० उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको बताए । संस्थामार्फत २ पानीका मुहान, ७ बोरिङमार्फत पानी वितरण हँुदै आएको जानकारी गराए ।

कार्यक्रममा संघीय खानेपानी आयोजनाका प्रतिनिधि सागर बस्यालले लेखनाथ खानेपानी उपभोक्ता संस्थाद्वारा वितरित पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेकोले ढुक्क भएर उपभोग गर्न आमउपभोक्तालाई अनुरोध गरे ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बोधराज लामिछाने, पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल लगायतले व्यवस्थित खानेपानी वितरणमा राज्यले ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा प्लम्बर शुभराज अधिकारी र स्टोरकिपर सूर्यप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।
संस्थाका सचिव मुरारी शर्माले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष नारायणी भट्टराई सध्याले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width