सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
sikles

पोखरा । भारी वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको छ ।

कास्कीको मादी गाउँपालिका–१, मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा मंगलबार आएको बाढीले सो बराबरको क्षति पुगेको आयोजनाका सञ्चालक किरण केसीले जानकारी दिए । उनका अनुसार १४ किलोमिटर ट्रान्समिसन लाइन लगायत अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादनसमेत बन्द भएको छ ।

यस्तै, बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेकोछ । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रसारण लाइन लगायतमा क्षति हुँदा ३० करोड बढीको क्षति पुगेको उनको दाबी छ ।

आयोजनाको पावर हाउसमाथिबाट अझै पनि पहिरो खसिरहेकाले पावर उच्च जोखिममा रहेको उनले बताए ।

सञ्चालक केसीले भने, ‘आयोजनामा बाढीले व्यापक क्षति गर्दा वर्षाको समयमा पुनः सञ्चालनमा ल्याउन थप चुनौती थपिएको छ । आयोजनालाई पहिलाकै अवस्थामा ल्याउन करिब वर्ष दिनसम्म लाग्न सक्छ ।’

आयोजनासम्म जाने सडक ठाउँ–ठाउँमा बाढीले बगाउँदा सामान ढुवानी गर्न समेत कठिन हुने देखिएको छ ।

गत २०७४ चैतबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनामा बाढीले क्षति पुग्दा मादी १, सिक्लेसका बासिन्दा अध्याँरोमा बस्न बाध्य छन् ।

बाढीले मदक्यू खोला जलविद्युत आयोजना सहित अन्य ३ आयोजनामा समेत क्षति पुगेको छ ।

स्थानीय ६४ वर्षीय कुलबहादुर गुरुङले बाढीले यति धेरै पानी र बाढी आएको अहिलेसम्म थाहा नभएको बताए ।

Related News

सम्बन्धित समाचार

    • खोप उपलब्ध गराउन व्यवसायीको माग

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । पोखराका उद्योग व्यवसायीले आफूहरुलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले प्रदेशका मुख्यमन्त्रीलाई…
    • पोखरामा कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु…
    • मुक्तिनाथले ल्यायो मासिक व्याजको खाता

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      पोखरा । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक व्याज आर्जन हुने…
    • अण्डाको मूल्य हालसम्मकै उच्च

      रासस श्रावण ११, २०७८
      चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads